arrow

एक महिनामा रेल : को बन्ला नेपालमा रेलको 'ड्राईभर' ? 

logo
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
rail_in_nepal.jpg

काठमाडौं । 'चोली दिउँला मखमली सारी दिउँला फाईबर .... मै हुँ कान्छी रेलको ड्राइभर'
झण्डै ४ वर्ष पहिले गायक विधान श्रेष्ठले गाएको गीत हो । त्यतिबेला सम्भवतः नेपालमा रेल गुडिरहेको थियो । एउटा मात्रै रेल्वे स्टेशन रहेकोले पनि रेलको डाईभरलाई धेरै महत्व दिईएको थियो र अझै पनि दिने गरिन्छ । यही गीत नेपालमा रेल चलाउने ड्राईभर नभएर भारतबाट भाडामा ड्राईभर ल्याउने चर्चा चलिरहँदा यो गीतको पनि सान्दर्भिकता बढेको छ । 

यही गीतमा जस्तै अहिले भने भारतीय चालक आउँदैछन् जनकपुरसम्म मै हुँ कान्छी रेलको ड्राईभर भन्दै । अरुको सहयोगमा रेल्वे सेवा सञ्चालनमा ल्याएको नेपालले त्यो चलाउने ड्राईभर र अन्य सामान्य विषय समेत आफ्नो नभएर नेपाल भारतसँग नै आश्रित बनेको छ । 

झण्डै ४ वर्षसम्म बन्द भएको जनकपुर जयनगर रेल सम्भवतः यही डिसेम्बर महिनाको अन्तिमसम्म नेपालमा सञ्चालन हुने भएको छ । लिग विछ्याउने काम लगभग सम्पन्न भईसकेको सो रेलमार्गमा भाडामा रेल्वेका सबै सामग्रीहरु लिएर यसै सालदेखि सञ्चालनको तयारी सरकारले गरिरहेको छ । धेरै दूर्घटना भएपछि अन्नतः बन्द नै भएको यो रेल सेवा अहिले स्तरोन्नति भएर दूर्घटना नहुने स्तरमा पुगेको रेल विभागका सिडिई अमन चित्रकारले जानकारी दिए । उनका अनुसार पहिले विश्वव्यापी स्ट्याण्डर १४३५ एमएम भन्दा सानो लिग रहेकोमा अहिले यो स्ट्याण्र्ड पूरा गरिएको जानकारी दिए । 

रेल गुड्न सुरु हुनै लाग्दा पनि अहिलेसम्म सरकारलाई चल्ने इन्जिन र चलाउने चालकको विषयमा भने खासै वास्ता छैन । सरकार वेट लिजमा रेल लिएर दीर्घकालीन रुपमा चलाउने सोचमा रहेको भौतिक पूर्वाधार मन्त्रालयका एक कर्मचारीले जानकारी दिए । तर, चालक र अन्य जनजक्तिलाई विस्तारै आफ्नै रेल्वेमा सिकाउँदै दक्ष गराउने नीति रहेको सिडिई चित्रकारले जानकारी दिए । उनले कसलाई यो तालिम दिने भन्नेमा अहिले नै यकीन नभएको जानकारी दिए । भौतिक पूर्वाधार मन्त्रालयका कर्मचारीहरु भने सरकारी कर्मचारीहरुबाट नै कोही इच्छुक भएमा तालिमको लागि पहिलो चरणमा पठाउने तयारी भईरहेको छ । तर, यसैलाई पठाउने भन्ने विषयमा यकीन भएको छैन । विभागका अनुसार चालकसँगै सर्ट टम रोलिङ स्टकको लागि आवश्यक जनशक्ति पनि विस्तारै तयार गर्दै लैजाने तयारीमा सरकार छ । 

इन्जिनबारे मन्त्रालयको वेवास्ता
लिग निर्माणको काम अन्तिम चरणमा पुगेपनि लिगमा गुडाउने इन्जिनको विषयमा भने अझैसमेत सरकारलाई वास्ता छैन । भाडामा इन्जिनको व्यवस्था गरेको भनिए पनि इन्जिन पूर्णरुपमा खरिदको विषयमा भने मन्त्रालयमा अझै छलफल समेत भएको छैन । झण्डै ४ वर्षदेखि बन्द भएको जनकपुर जयनगर रेलमार्गको ३४ किलोमिटरको निर्माण कार्य आगामी अक्टोबरसम्म सम्पन्न हुने विभागले जनाएको छ । २०७० साल भदौ २६ गते जनकपुरबाट जयनगर तर्फ आउँदैगर्दा धनुषाको बहुवा ४ मा दूर्घटना भएपछि सो रुटको रेल सेवा अनिश्चित कालको लागि बन्द भएको थियो । 

अघिल्लो सरकारको पालामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीर बहादुर बलायरले लिग निर्माण कार्य अन्तिम अवस्थामा पुगेको भएपनि अहिलेसम्म रेलको इन्जिन खरिदप्रक्रिया सुरु नभएको भन्दै खरिद प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए । मन्त्री बलायरले अहिले खरिद प्रक्रिया सुरु गर्ने हो भने यसको लिक तयार हुने समयसम्म नेपालमा रेल आईपुग्ने भन्दै प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए । 

रेल सञ्चालन गर्नको लागि अहिले विभागले कम्तिमा ४ वटा इन्जिनको आवश्यकता महसुस गरेको छ । ४ वटा इन्जिन र डिब्बा सहित खरिद गर्दा सरदर ५ अर्ब रुपैयाँ लाग्ने आकलन रेल विभागको छ । त्यसको लागि अहिलेसम्म रेल खरिद गरेर आफ्नै रेल चलाउने कि रेलको इन्जिन भाडामा ल्याएर सञ्चालन गर्ने भन्ने विषयमा पनि अहिलेसम्म छलफल नभएको विभागका अर्का ईन्जिनियर रोशन देवले जानकारी दिए । विभागको लागि सरकारले यस वर्ष ४ अर्बको हाराहारीमा मात्रै बजेट विनियोजन गरेका छन् ।   

भारत सरकारले सन् २०१४ बाट सुरु गरेको सो रेलमार्गको पुनर्निर्माण सन् २०१८ अक्टोबरसम्ममा सक्ने सहमति भएको थियो । नयाँ निर्माण भइरहेको रेलको लिक पहिलेभन्दा ठूलो (ब्रोडगेज) को छ । सानो आकारको रेलको लिकलाई विस्थापित गरेर ठूलो आकारको लिक निर्माण अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । यस अघि नेपाल सरकारलाई सन् १९३७ सालमा हल्याण्डले उपहारमा दिएको रेल यस अघिसम्म सोही रुटमा चल्दै आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ