arrow

क्यान्सरबाट जुधिरहेकी सोनाली बेन्द्रेले लेखिन् पतिलाई पत्र

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
sonali-goldie.jpg

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा क्यान्सरको उपचार गराइरहेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रेले पतिलाई दुःख भरिएको पत्र लेखेकी छिन् । 

४३ वर्षीया बेन्द्रेले आफ्नो १६ औं वैवाहिक बार्षिकोत्सवमा पति गोल्डी बहललाई पुराना फोटोहरु सेयर गर्दै इन्स्टाग्राममा पत्र लेखेकी हुन् । 

उनले लेखेकी छिन् –‘जब मैले लेख्न सुरु गरें सुरुवातमा मलाई थाहा थियो कि मेरो दिमागमा चलेका सबै भावनाहरु शब्दमा ब्यक्त गर्न सक्षम हुने छैन । पति, साथ, बेष्टफ्रेन्ड....मेरो लागि सबै गोल्डी बहल हुन् । विवाह एकअर्काको साथमा खडा रहने नाम हो । राम्रो नराम्रो समयमा, बिमार हुँदा, स्वास्थ्यमा तथा भगवानले जानेका छन् कि यी वर्षमा हामी कसरी रह्यौं । धेरैजसोलाई यो अनुभूति हुँदैन कि क्यान्सर एक व्यक्तिको मात्र लडाइँ हैन । यो यस्तो बिमार हो जसको सामना पूरा परिवारले गर्नुपर्छ ।’

सोनालीले फेरि लेखेकी छिन्, –‘म यो यात्राबाट गुज्रन सक्षम थिएँ । किनकि मलाई थाहा थियो कि तिमीले सबै जिम्मेवारी सम्हाल्ने छौ । धन्यवाद हर कदममा मेरो स्ट्रेन्थ, मेरो प्यार र मेरो खुशी बनेकामा । मैले आज जे महसुस गरिरहेकी छु त्यसको लागि धन्यबाद । हेप्पी एनिभर्सरी गोल्डी ।’

गोल्डीसंग सोनालीको १२ नोभेम्बर २००२ मा बिहे भएको थियो । गोल्डी फिल्म मेकर पनि हुन् । 
गत जुलाइमा सोनालीलाई क्यान्सर भएको थियो । गोल्डीले कहिले अमेरिका पुगेर पत्नीको सेवा गर्छन् भने कहिले घर आएर अभिभावकीय भूमिका निभाउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ