arrow

पूर्व न्यायधीशको नाममा २२ सय बढी कार

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
car1.jpeg

पाकिस्तानका  पूर्व न्यायधीश सिकंदर हायात सबैका गुरु निक्लिए  । सर्वोच्च अदालतमा बसेर उनले सो काम कसरी गरे अहिले सबै  सोचमा छन् । जब उनको समाचार फैलियो तब पाकिस्तान मात्र नभएर संसारनै चकित रह्यो ।

अचम्मको बिषय त के छ भने  पूर्व न्यायधीश सिकंदर हायातलाई नै उनको नाममा २२०० कार छन् भन्ने जानकारी समेत थिएन । उनको नाममा २२०० कार रजिस्टर्ड छन् भनेर उनले २७ अक्टोबरमा मात्र थाहा पाए ।  हयातका वकील मियां जफरले पाकिस्तानको सर्वोच्च अदालतलाई उनको  क्लाइन्टले अहिलेसम्म एउटा मात्र कार किनेको बताएका छन् ।

डनको रिपोर्ट अनुसार न्यायधीश हयातका वकील जफरले भने 'मेरे क्लाइन्टको नाममा २२०० भन्दा ज्यादा कार दर्ता छन् ।' घटनाको बारेमा सर्वोच्च अदालतलाई जानकारी दिदै वकीलले भने , ' केहि दिन अघि मेरो क्लाइन्ट र पूर्व न्यायधीशलाई एक कारको चलानी पाएका थिए  जुन उनिहरुले किनेका पनि थिएनन् ।'

पन्जाब एक्साइज एण्ड टेक्सेशन डिर्पाटमेन्टले भने हयातको नाममा २२२४ गाडि दर्ता गरिएको जनाएको छ । पाकिस्तानको अदालतले पन्जाब एक्साइज डिपार्टमेन्टका सचिव र निदेशकलाई सो बिषयमा एक रिपोर्ट दायर गर्न निर्देश दिएको छ । उनिहरुले सो रिपोर्ट अदालतमा पेश गर्नपर्नेछ । त्यसपछि मात्र कसलाई के कारबाही हुने त्यसको निर्णय हुनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ