arrow

नगरपालिकाको नाम उच्च राख्ने कार्य गरेको भन्दै भण्डारीलाई सम्मान

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
lalitbadhur.JPG

कञ्चनपुर ।राष्ट्रिय क्रिकेट खेलाडी ललितबहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बुधबार सम्मान गरेको छ ।

नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले एक लाख एक हजार १११ नगद रकम सम्मानपत्रसहित खेलाडी भण्डारीलाई सम्मान गरेका हुन्। खेलका माध्यमबाट नगरपालिकाको नाम उच्च राख्ने कार्य गरेकाले खेलाडी भण्डारीलाई सम्मान गरेका छौँ । नगरप्रमुख ऐरले भने, “प्रतिभावान् खेलाडीको मनोबल उच्च राख्नका लागि यस्ता कार्यक्रमले सघाउ पुर्‍याउँछ ।”

खेलाडी भण्डारीले सम्मान हुन पाउँदा निकै खुशी भएको बताए। खेल मैदान बनाएर प्रतिभावान् युवालाई खेलप्रतिको आकर्षण बढाउन सकिने उनले बताए ।

कैलालीको धनगढीमा आयोजना गरिएको डिपिएल दुईमा क्रिकेट खेलाडी भण्डारी मोस्ट भ्यालुएबल प्लेयर घोषित भई गोल्डन बुट जितेका थिए । भण्डारीले सन् २०१७ देखि राष्ट्रिय क्रिकेट टोलीमा सहभागी भई क्रिकेट खेल्दै आएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ