arrow

अन्तर्राष्ट्रिय हस्तकला मेला शुरु हुँदै : एक करोड खर्च, १० करोडको व्यापार हुने अनुमान

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
handicraft.jpg

काठमाडौं। लोपोन्मुख कलाकृतिको जगेर्ना गर्न आजदेखि काठमाडौंमा १६ औँ अन्तराष्ट्रिय हस्तकला व्यापार मेला तथा १४ औँ हस्तकला प्रतियोगिता शुरु हुँदैछ। नेपाल हस्तकला महासङ्घले काठमाडौको भृकुटीमण्डपमा हस्तकला मेला एवं प्रतियोगिता आयोजना गरेको हो।

मङ्सिर २ गतेसम्म चल्ने पाँचदिने हस्तकला व्यापार मेलामा धातुकला, सुनचाँदी, ऊनी तथा सुती, ढाकाका सामान, पस्मिना, हाते कागज, छालाजन्य सामग्री, प्राकृतिक रेशा र बाँसका सामान, जडीबुटी लगायतका सामान प्रर्दशनीमा राखिने, महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए।

मेलामा १० करोडको व्यापार हुने अनुमान गरिएको मेला संयोजक प्रचण्ड शाक्यले जानकारी दिए। हस्तकला महासंघले मेला आयोजना गर्न १ करोड खर्च हुने अनुमान गरेको छ भने वाणिज्य मन्त्रालयले मेला आयोजनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। मेलामा स्वदेशी व्यवसायीका १ सय ५० बिक्री कक्ष तथा भारत, चीन, पाकिस्तान, श्रीलंका, बङ्गलादेश र भूटानका हस्तकला उद्यमीले २० वटा बिक्री कक्ष मार्फत आ–आफना उत्पादन प्रदर्शन तथा बिक्री गर्नेछन। 

हस्तकला प्रतियोगितामा परम्परागत विधातर्फ ‘मैनको मूर्ति’ र ‘ढाका बुनाइ’समावेश गरिएको छ। प्रतियोगितामा, कलाकार तथा कालिगडले जीवन्त प्रदर्शनी गर्ने कार्यक्रम पनि राखिएको महासंघले जनाएको छ। हस्तकला प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई ५० हजार ३० हजार र २० हजार रुपैयाँ पुरस्कार दिइनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ