arrow

संविधानले दिएको अधिकार ओली सरकारले रोक्न सक्दैन – मुख्यमन्त्री राउत

‘सदन खोलेर करारमा कर्मचारी भर्ना गर्छौंं’

logo
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
Lalbabu-raut-cheif-minister.jpg

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानले दिएको अधिकार ओली सरकारले रोक्न नसक्ने बताएका छन् । 

उनले प्रदेश सरकार संविधान विपरीत नजाने र संविधानभित्र रहेर सरुवा बढुवादेखि कर्मचारी नियुक्ति गर्ने बताए । 

उनले भने, ‘संघीय सरकारमा खुट्टा तानातान छ, तराई मधेसमा खुसीयाली छ हामी अगाडि बढ्छौं भन्ने जनतालाई विश्वास छ, त्यही विश्वासमा रहेर अब छठ सकियो धमाधम काम गर्छौं ।’

मुख्यमन्त्री राउतले सदन खोलेर करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडि बढाृने बताए । 

संघीय सरकारले आफूहरुलाइृ काम नै गर्न नदिएको आरोप लगाउँदै उनले भने, ‘अब हामी संविधान अनुसार चल्छौं, केन्द्र सरकारले हामीलाई रोक्न सक्दैन ।

कर्मचारी चलाउनै नपाएपछि काम गर्न असजिलो भएको भन्दै प्रदेश २ ले प्रदेश प्रहरी ऐन जारी गरिसकेको छ । 

संघीय सरकारले कर्मचारीहरुको सरुवा, बढुवादेखि नियुक्ति आफैले गर्ने अड्डी कसेपछि प्रदेश २ तातेको हो । 

त्यसपछि हच्किएको संघीय सरकारले प्रदेश प्रहरी, प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी कार्यकारी आदेश मार्फत तल्लो तहका प्रहरीको सरुवा तथा प्रहरी चौकी अधिकार प्रत्यायोजन गरेको छ । 

प्रहरीतर्फ सहीसम्मको सरुवा गर्न पाउने अधिकार प्रदेश सरकारले पाएको छ । प्रदेश सरकारले भने सबै कर्मचारीको सरुवा बढुवाको अधिकार पाउनु पर्ने अड्डी कसेका छन् । 

संविधानमा ‘संघीय प्रहरी ऐनका आधारमा मात्र प्रदेश प्रहरी ऐन निर्माण हुने’ उल्लेख छ । मुख्यमन्त्री राउतले संघीय सरकारले अधिकार दिनै नखोज्नु बिडम्बना भएको बताए । 

उनले भने, ‘छठ सकियो अब भट्टाभट काम गर्छौं, संघीय सरकारका कारण हामीले हाम्रा जनतालाई धोका दिनु हुन्न ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ