arrow

सबैभन्दा सस्तोमा तेल पाइने १० मुलुक, कुनैमा त १० रुपैयाँमा फूल ट्याङ्की

logo
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
petrol1.jpeg

काठमाडौं ।  पेट्रोलको बिषयलाई लिएर धेरै देश बिच टकराव हुने गरेको छ । पछिल्लो समय संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि लगाएको प्रतिबन्धले विश्वमा तेलको मुल्यबृद्धि भएको छ । नेपालमा भने पेट्रोल प्रतिलिटर ११६ रुपैयाँमा उपलब्ध छ ।

यस्तैमा आज तपाईलाई हामि ती देशहरुको बारेमा बताउन गइरहेका छौ जहाँ आज पनि पेट्रोलको मुल्य सस्तो रहेको छ । यस मध्येको एक राष्ट्रमा त पेट्रोल यती सस्तो छ कि तपाई १० रुपैयाँमा स्कूटरको ट्याङ्की भरेर केहि पैसा फिर्ता पनि पाउनुहुनेछ । सेक्टेम्बर २०१८ मा ग्लोबल पेट्रोल प्राइस डट कमले गरेको पेट्रोलको मुल्यबाट यो तथ्याङ्क लिइएको छ।

बहराइन
बहराइनमा तेल निकै सस्तो त छैन तर नेपालकोको मुल्य भन्दा आधामा पेट्रोल पाइन्छ । बहराइनमा पेट्रोलको मुल्य प्रति लिटर ३७.८८ रुपैयाँ रहेको छ ।
 
कजाकिस्तान
कजाकिस्तानमा पेट्रोल ३४. ८६ रुपैयाँ प्रति लिटर पाइन्छ ।

इजिप्ट
इजिप्टमा पनि पेट्रोल सस्तो रहेको छ त्यहा पेट्रोल प्रति लिटर ३०.९१ रुपैयाँमा पाइन्छ ।
 
तर्कमेनिस्तान
तुर्कमेनिस्तानमा इजिप्टकै तुलनामा पेट्रोलको मुल्य रहेको छ । तुर्कमेनिस्तानमा पेट्रोल प्रतिलिट ३०.५७ रुपैयाँमा पाइन्छ ।

नाइजीरिया
गरिब देश नाइजीरियामा पनि पेट्रोल सस्तो रहेको छ । देश गरिब रहे पनि यहाँ पेट्रोलमा सरकारबाट महंगो ट्याक्स उठाइदैन । नाइजीरियामा पेट्रोल प्रतिलिटर २९.४१रुपैयाँ रहेको छ ।
 
इक्वेडर
इक्वेडरमा पेट्रोल प्रतिलिटर २७.९३ रुपैयाँ रहेको छ ।
 
अलजेरिया
यहां पनि निकै सस्तो तेल पाइन्छ । यहाँ प्रति लिटर पेट्रोल २५.३४ रुपैयाँ रहेको छ ।

कुवेत
कुवेतमा  कच्चा तेलको उत्पादनहुन्छ । कुवेतले विश्वभर तेलको निर्यात गर्छ । त्यसैले पनि यहाँ तेल सस्तो छ । कुवेतमा तेल २४.७६ रुपैयाँ प्रति लिटर रहेको छ ।

सुडान
सुडानमा प्रति लिटर २४.४७ रुपैयाँमा  पेट्रोल पाइन्छ।

ईरान
ईरानपनि कच्चा तेलको उत्पादन गर्छ त्यसैले यहां सस्तो मा पेट्रोल पाइन्छ। यहाँ पेट्रोल प्रति लिटर २०.३७ रुपैयाँमा पाइन्छ ।

भेनेजुएला
भेनेजुएलामा पेट्रोलको मुल्य सुनेर तपाई छक्क पर्नुहुनेछ। यहां ६० पैसमा एक लीटर पेट्रोल पाइन्छ । १० रुपैयाँमा यहाँ कार र बाइकको ट्याङ्की फुल गर्न सक्नुहुनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ