arrow

दिल्लीले फेरि पनि सन्दीपलाई माया गर्यो, भारतीय खेलाडी नै पछारिए

गम्भीरसंगै जेसन रोय र म्याक्सवेल अटेनन्

logo
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
sandeep-delhi.jpg

काठमाडौं । नेपाली युवा ढुकढुकी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको सन् २०१९ को संस्करणमा पनि दिल्ली डेयर डेभिल्सबाट खेल्ने भएका छन् ।

दिल्लीले अनुभवी खेलाडीहरुलाई बाहिर राखेर सन्दीपलाई टिममा समावेश गरेको हो । पूर्व कप्तान गौतम गम्भीरसँगै  जेसन रोय र ग्लेन म्याक्सवेलजस्ता खेलाडीहरुलाई टोलीमा समावेश नगरी दिल्लीले सन्दीपलाई माया गरेको हो । 

भारतकै खेलाडीहरु टिममा नपरी सन्दीप पर्दा भने सन्दीपको प्रदर्शनप्रति दिल्ली खुशी भएको स्पष्ट भएको छ । भारतीय स्पिनर सहबाज नदीम, अलराउण्डर विजय शंकर, अभिषेक शर्मा र विकेटकिपर नमन ओझा पनि अर्को सिजनका लागि टोलीमा समेटिएका छैनन् । 

दिल्लीले सनराइजर्स हैदराबादबाट ओपनर शिखर धवनलाई भने टोलीमा ल्याएको छ । पछिल्लो सिजन अन्त्यतिर टोलीको कप्तानी सम्हालेका श्रेयस ऐर, ओपनर पृथ्वी शअ, ऋषभ पन्तसँगै कोलिन मुनरो, क्रिस मोरिस, कागीसो रबाडा र ट्रेन्ट बोल्ट भने टोलीमा रहेका छन् ।

सन्दीप पहिलो पटक गत सिजन २० लाख भारतीय रुपैयाँमा दिल्ली छिरेका हुन् । पछिल्ला खेलमा मात्र खेल्न पाएका सन्दीपले आकर्षक बलिङ गरेका थिए । 

सन्दीपले क्यानडादेखि क्यारेबियन यात्रा गरिसकेका छन् । उनी टी–२० मा विश्वभर नै छाएका छन् । पोखरा प्रिमियर लिगमा भने उनी खस्केका थिए । अनुशासन तोडेर जरिवानासमेत भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ