- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । युईएफए नेसन्स लिग फुटबलमा स्पेन स्तव्ध भएको छ । स्पेनलाई क्रोएसियाले पराजित गरेको हो । बिहीबार राति भएको खेलमा क्रोएसियाले स्पेनलाई ३ – २ गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा क्रोएसियालाई जित दिलाउन टिन जेडभाजले दुई तथा आन्द्रेज क्रमारिचले एक गोल गरे । स्पेनका ड्यानीअल सेबालोस र सर्जियो रामोसले एक एक गोल गरे ।
जितसंगै लिग ‘ए’ समूह ४ को क्रोएसियाले लिगमा पहिलो जित निकालेको छ । क्रोएसियाले ३ खेलबाट ४ अंक जोडेको छ ।
क्रोएसिया समूहको पुछारमा छ । पराजित स्पेन ६ अंक जोडेर शीर्ष र ४ अंक जोडेको इंगल्याण्ड दोस्रो स्थानमा छ ।