arrow

एनएमबि बैंकको खुद मुनाफा ५५ करोड नाग्यो

logo
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
nmb-bank1.jpg

काठमाडौं। एनएमबि बैंकले आ.व. ०७५/७६ को पहिलो त्रैमासिकमा उलेख्य नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ। यस त्रैमासिकमा बैंकले ५५.०५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ।

उक्त वित्तीय विवरण अनुसार हाल बैंकको निक्षेप बढेर ८५.८३ अर्ब पुगेको छ भने कर्जा ८२.७८ अर्ब पुगेको छ।  उपरोक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा निक्षेपमा १३.८ अर्ब तथा कर्जामा १९.३ अर्ब बृद्धि भएको छ भने यस त्रैमासिकमा बचत निक्षेपमा २.२४ अर्बले बृद्धि भएको छ।

एनएमबि बैंकले विदेशी संस्था आइएफसीबाट अमेरीकी डलर १ करोड ५० लाखको कर्जा लिन सफल हुने पहिलो र हालसम्मकै एकमात्र बैंक भएको कम्पनीले जनाएको छ । 

उपरोक्त उपलब्धीहरुबाट बैकले प्रति शेयर आम्दानी २६.६४ र प्रति शेयर नेटवर्थ १९९.७५ कायम राख्न सफल भएको छ। हाल एनएमबि बैंकको ११० वटा शाखा, ४ वटा एक्सटेन्सन काउण्टर र ९७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ