मुख्यमन्त्रीको कार्यालय नजिकै धनगढीमा युवकको हत्या
सुनिल आउजी,
प्रकाशित २०७५ मंसिर १ शनिबार
614
Shares
धनगढी। प्रदेशको अस्थायी राजधानी धनगढीमा एक युवकको हत्या भएको छ। प्रदेश प्रमुख र मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय नजिकै धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थित नाष्ट कलेज नजिकै एक युवकको हत्या भएको हो।
वडा नम्वर ४ कै २५ बर्षिय विजय थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शुक्रवार राती ९ बजे तिर थापाको हत्या भएको प्रहरीले जनाएको छ।
रक्ताम्य युवकलाई घिसार्दै लगिरहेका बेला धनगढी उप–महानगरपालिका वडा नम्वर ४ कै आशिष सेठीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सोधपुछका लागि हत्या भएको नजिकै घर भएका घरधनी दिपेन्द्र चौधरीलाई पनि पक्राउ गरिएको छ। शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ।
घटनास्थललाई घेरिएको तर राती भएकाले मुचुल्का उठाउन बाँकी रहेकाले अहिले विहान मुचुल्का उठाउनले प्रहरीले जनाएको छ।