arrow

ए डिभिजन लिग : मनाङले एनआरटीलाई हरायो 

logo
प्रकाशित २०७५ मंसिर १ शनिबार
ANRT.JPG

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दीले न्यूरोड टिम एनआरटीलाई हराएको छ । 
शनिबारदेखि सुरु भएको दोस्रो चरणको पहिलो खेलमा मनाङले एनआरटीविरुद्ध २–० को जित निकालेको हो । मनाङले पहिलो हाफमै २–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक दोस्रो हाफमा दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल मनाङको पक्षमा गयो ।

खेलको १७औं मिनेटमा अन्जन विष्टलाई एनआरटीका डिफेन्डर मसहुद ओहले डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा अन्जले गोलगर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए । ३८औं मिनेटमा मनाङका विदेशी खेलाडी ओलावाले अफिसले एनआरटीका तीन रक्षकलाई बिटगर्दै डिबक्स नकिजकैबाट दोस्रो गोल गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ