arrow

रोनाल्डोको जरुरी कसलाई ?

logo
प्रकाशित २०७५ मंसिर २ आइतबार
italy3.jpg

काठमाडौं । चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो बिना नै पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । शनिबार राति भएको खेलमा ईटालीसंग गोलरहित बराबरी खेलेसंगै पोर्चुगल समूह ३ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । 

थुप्रै गोल गर्ने अवसरको सदुपयोग गर्न नसकेको इटालीले दोस्रो स्थानमा रहेर छनोट सकाएको छ । 

इटालीका लागि लोरेन्जो इन्ग्निे र सिरो इम्मोवाइलले पहिलो हाफमै गोल गर्ने अवसर व्यर्थैमा फालेका थिए । 

इटालीका गोलकिपर जियानलुइगी डोनरउम्माले आकर्षक खेल देखाएका थिए । 

पोर्चुगलका जोओ मारिओको प्रहार भने बारमा लागेको थियो । मिलानमा भएको खेलमा खेलमा रोनाल्डोको उपस्थितिको प्रतिक्षा भए पनि इटालीजस्तो महारथी टिमलाई उसकै मैदानमा बराबरीमा रोक्दा अब रोनाल्डोको जरुरी कसलाई भन्ने गम्भीर प्रश्न खडा भएको छ । 

रोनाल्डोले अहिले इटालियन सिरि ए खेलिरहेका छन् । उनले युभेन्टसबाट यसै सिजन खेलिरहँदा केही समय राष्ट्रिय टिमबाट नखेल्न विश्राम मागिरहेका थिए ।

पोर्चुगलको ३ खेलबाट ७ अंक, इटालीको ४ खेलबाट ५ अंक र पोल्याण्डको ३ खेलबाट १ अंक छ । 

Portugal's Rui Patricio and Jose Fonte celebrate after progressing in the Nations League

Nicola Barella controls the ball for Italy while being put under pressure by Bruma

Striker Ciro Immobile missed a chance to find the net for Italy in the first half

Italy's Lorenzo Insigne expresses his frustration after he was unable to find the net

Experienced Italy defender Giorgio Chiellini up against Portugal's Jose Fonte

Chiellini was presented with a statue before the game to mark his 100th Italy cap

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ