arrow

प्रदेश सांसदको अनावश्यक हस्तक्षेपका कारण पञ्च वर्षीय मेलामा विवाद

स्थानीय तह विपरीत बाराका सिडिओ, एसपी

logo
मुकेश यादव,
प्रकाशित २०७५ मंसिर २ आइतबार
bara-samsad.jpg

बारा । हरेक पाँच वर्षमा लाग्ने काँटवासी माईको मेला क्षेत्र नं. २ का सांसद, प्रदेश सांसद र जिल्ला प्रशासन कार्यालय बाराको कारण विवादित बनेको छ ।

महागढीमाई नगरपालिका–७ स्थित तेलगाई टोलमा प्रत्येक पाच वर्षमा लाग्ने काँटवासी माईको मेला सांसद, प्रदेश सांसद र प्रमुख जिल्ला अधिकारीको अनावश्यक हस्तक्षेपको कारण विवादित बनेको हो । बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले स्थानीय तह विरुद्ध गठन गरिएको समितिलाई स्पष्ट जवाफ नदिदा झन विवाद उत्पन्न भएको हो । महागढीमाई नगर कार्यपालिकाको बैठकले स्थानीय तह संचालन ऐन २०७४ अनुसार स्थानीय हरेन्द्र यादवको अध्यक्षतामा मेला व्यवस्थापन तथा संचालन समिति गठन गरेको छ ।

संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित सांसद रामसहाय यादव, प्रदेश सांसद बच्चा राय यादव र शारदा शंकर प्रसाद साह अनावश्यक हस्तक्षेपको कारण विवाद बढेको हो । दुबै प्रदेश सांसदद्वय यादव र साहको उपस्थितीमा स्थानीय राजकुमार गुप्ताको अध्यक्षतामा अर्को मेला संचालन तथा व्यवस्थापन गठन गरि जिल्ला प्रशासन कार्यालय बारामा पत्राचार गरेपछि प्रशासन कार्यालयले जिल्ला समन्वय समितिलाई विवाद समाधान गर्न पत्र पठाए पछि झन विवाद बढेको हो ।

 प्रदेश सांसदद्वय यादव र साहले क्षेत्राधिकार बाहिर गएर समिति गठन गर्न लगाएपछि विवाद उत्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराईले विवाद समाधान गर्न जिल्ला समन्वय समितिलाई पत्राचार गरिएको बताए । विवाद समाधान नभए शान्ति सुरक्षा कायम गर्न प्रहरी परिचालन गरी मेला संचालनमा रोक लगाउने प्रजिअ भट्टराईले चेतावनी दिए । बाराका प्रहरी उपरिक्षक सानुराम भट्टराईले गुण्डागर्दी शैलीमा मेलालाई संचालन गर्न खोजिए प्रहरी चुप लागेर नबस्ने बताउदै चर्को स्वरमा गर्जिएका थिए । स्थानीय जनताले प्रहरी माथिको विश्वास घटने क्रम बढेपछि प्रहरी प्रधान कार्यालयले मुस्कान सहितको प्रहरी, प्रहरी मेरो साथी र समुदाय–प्रहरी साझेदार लगायतका कार्यक्रम ल्याएपनि जिम्मेवार प्रहरी प्रमुखहरुको कारण असफल हुदै आएको छ, उदहारण स्वरुप शनिबार बाराका प्रहरी उपरिक्षक भट्टराईको अभिव्यक्तिले प्रष्ट पारेको छ ।”

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले स्थानीय तह संचालन ऐन अनुसार नगर कार्यपालिकाको बैठकले मेला संचालन तथा व्यवस्थापन समिति गठन गरिएको बताए । मेला संचालन गर्न खोज्दा राजनितिक आस्थाको आधारमा प्रदेश सांसदहरुले अनावश्यक हस्तक्षेप गरेको नगर प्रमुख यादवले आरोप लगाए । नगर प्रमुख यादवले स्थानीय प्रशासनले नगरकार्यपालिकाको बैठकको निर्णय प्रदेश सांसदको ईशारामा कार्यान्वयन गर्नमा अवरोध गरे नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले कलम बन्द गरी वडा र नगरपालिकाबाट गर्ने कार्य बन्द गर्ने चेतावनी दिए ।

नगरप्रमुख यादव नेतृत्वको नगरकार्यपालिकाका सदस्यसहितको टोलीले शनिबार प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा निकायको प्रमुखलाई भेटेर मेला संचालन गर्न भइरहेको अवरोध हटाउनका लागि शान्ति सुरक्षा उपलब्ध गराइदिन आग्रह गरेको छ । समिति गठन पश्चात स्थानीय प्रशासनसंग मेला संचालनका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाई दिन स्थानीय प्रशासनलाई पत्राचार गरेको छ ।

प्रदेश सांसदको उपस्थितिमा गठन गरिएको मेला संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गुप्ता स्थानीय तह निर्वाचनमा वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका प्रतिनिधिसंग पराजित भएका थिए । प्रदेश नम्बर २ का प्रदेश सांसद बच्चा राय यादवले आफूहरुको उपस्थितिमा स्थानीयवासीले राजकुमार गुप्ताको अध्यक्षतामा मेला समिति गठन गरेको बताए ।

प्रदेश सांसद यादवले आफूहरुले गठन गरेकोे समिति नै आधिकारिक भएको बताए । जिल्ला समन्वय समितिका सभापति नवलकिशोर सिहले विवाद समाधानका लागि पहल भइरहेको जानकारी गराए । यही मंसिर २२ गते देखि कँँटवासी माईको मेला संचालन हुन लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ