arrow

फ्रान्स र जर्मनीलाई रोक्दै नेदरल्यान्ड सेमिफाइनलमा 

logo
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
netherland1.jpg

काठमाडौं । फ्रान्स र जर्मनीलाई रोक्दै नेदरल्याण्ड युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा दुई गोलले पछि परेको स्थिति उल्ट्याएर नेदरल्यान्डले जर्मनीसँग २–२ गोलको बराबरी खेल्दै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 

नेदरल्यान्डले लिग ए को समूह १ बाट समूह विजेताको रुपमा प्ले अफमा स्थान बनाउदा विश्वविजेता फ्रान्स रोकिएको छ । जर्मनी भने यसअघि नै रेलिगेसनका परेको थियो । 

नेदरल्यान्डको ४ खेलबाट ७ अंक पुग्दा समान अंक रहेको फ्रान्स गोल अन्तरमा दोस्रो स्थानमा झर्दै रोकिएको हो । सोमबार राति भएको खेलमा घरेलु टोली जर्मनीले खेलको २० मिनेटभित्र नै २–० को अग्रता लिएको थियो । 

तर, जर्मनीले त्यो अग्रता अन्तिम समयसम्म जोगाउन सकेन । नवौं मिनेटमा सर्जि जिनाब्रिको पासमा टिमो वेर्नरको गोलबाट जर्मनीले खेलमा अग्रता बनाएको थियो । २०औं मिनेटमा लिरोए सानेले टोनी क्रुसको पासमा गोल गरेपछि जर्मनीले २–० को अग्रता बनाएको थियो ।

जिततर्फ धकेलिएको खेलमा जर्मनी अन्तिम ५ मिनेट सम्हालिन सकेन । ८५औं मिनेटमा क्वीन्सी प्रोमेसले मार्टिन डि रोनको पासमा गोल गरेपछि नेदरल्यान्डलाई खेलमा फर्काउने संकेत दिएका थिए । 

भर्जिल भान डिजिकले इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो ।

Vigil van Dijk celebrates after scoring a last-gasp equaliser against Germany on Monday night

Van Dijk volleyed home from close range to secure his side a place in the Nations League finals

Quincy Promes pulls one back with a  strike from the edge of the box with five minutes to go

Promes (centre) and his team-mates rush back to their half after halving the deficit 

The Dutch players and staff celebrated qualification in the changing room afterwards

Timo Werner shoots to break the deadlock in the ninth minute of Holland's clash with Germany

Netherlands keeper Jasper Cillessen watches Werner's  strike fly into the bottom cornerWerner celebrates after giving Germany the lead in the UEFA Nations League showdown



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ