- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ब्राजिलियन फुटबलका ढुकढुकी नेयमार घाइते भएका छन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार राति भएको खेलमा ब्राजिलले क्यामरुनलाई १–० ले पराजित गरेको खेलमा नेयमार सुरुवातमै घाइते भएका थिए ।
८ मिनेटमै कप्तान नेयमार तिघ्रामा चोट लागेपछि मैदान छाड्न बाध्य भएका थिए । नेयमारलाई ब्राजिलको मेडिकल टोलीले परिक्षण गरेपनि अन्य स्क्यानपछि मात्र चोटको गम्भीरता बारे थाहा हुने बताइएको छ ।
ब्राजिलले जित दर्ता गरेपनि नेयमारको चोट नै खेलको मुख्य पाटो बन्यो । ब्राजिलका टिम डाक्टर रोद्रिगो लास्मारले प्रारम्भिक परिक्षणले उनको चोट गम्भीर नरहेको बताएका छन् ।
ब्राजिलले चार दिन अघि उरुग्वेलाई १–० ले हराउँदा नेयमारले पूरै समय खेलेका थिए । नेयमारको चोट गम्भीर भएको अवस्थामा फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेनलाई भने ठूलो घाटा हुने देखिएको छ ।
अर्को हप्ता च्याम्पियन्स लिगमा पिएसजीले इंगलिश क्लव लिभरपुलसँग खेल्दैछ ।
पिएसजीका अर्का महत्वपूर्ण खेलाडी फ्रेन्च विश्वकपका नायक किलिएन एमबाप्पे पनि घाइते भएका छन् ।
एमबाप्पे ३६ औं मिनेटमा काँधको चोटले बाहिरिएका थिए । उरुग्वे विरुद्धको खेलमा उनी लडेपछि त्यसको असर पनि पिएसजीलाई पर्नेछ ।
ओलिभर जिरुले गोल गर्दै फ्रान्सलाई १–० ले जिताएका थिए ।
च्याम्पियन्स लिगको समूहमा तेस्रो स्थानमा रहेको पीएसजीलाई अब बाँकी खेलमा अनुकुल नतिजा ल्याउनैपर्ने दबाब रहेको छ ।
अब बाँकी रहेको खेलमा पीएसजीले लिभरपुल र त्यसपछि रेड स्टार बेलग्रेडको सामना गर्नेछ । लिभरपुलसँग पराजित भएमा अर्को चरण पुग्ने सम्भावना निकै कम हुनेछ ।