arrow

नेयमार र एमबाप्पे घाइते 

logo
प्रकाशित २०७५ मंसिर ५ बुधबार
neymar14.jpg

काठमाडौं । ब्राजिलियन फुटबलका ढुकढुकी नेयमार घाइते भएका छन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार राति भएको खेलमा ब्राजिलले क्यामरुनलाई १–० ले पराजित गरेको खेलमा नेयमार सुरुवातमै घाइते भएका थिए । 

The striker went down clearly in pain during the early stages of the game in Milton Keynes

८ मिनेटमै कप्तान नेयमार तिघ्रामा चोट लागेपछि मैदान छाड्न बाध्य भएका थिए । नेयमारलाई ब्राजिलको मेडिकल टोलीले परिक्षण गरेपनि अन्य स्क्यानपछि मात्र चोटको गम्भीरता बारे थाहा हुने बताइएको छ ।

ब्राजिलले जित दर्ता गरेपनि नेयमारको चोट नै खेलको मुख्य पाटो बन्यो । ब्राजिलका टिम डाक्टर रोद्रिगो लास्मारले प्रारम्भिक परिक्षणले उनको चोट गम्भीर नरहेको बताएका छन् । 

ब्राजिलले चार दिन अघि उरुग्वेलाई १–० ले हराउँदा नेयमारले पूरै समय खेलेका थिए । नेयमारको चोट गम्भीर भएको अवस्थामा फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेनलाई भने ठूलो घाटा हुने देखिएको छ । 

अर्को हप्ता च्याम्पियन्स लिगमा पिएसजीले इंगलिश क्लव लिभरपुलसँग खेल्दैछ ।

पिएसजीका अर्का महत्वपूर्ण खेलाडी फ्रेन्च विश्वकपका नायक किलिएन एमबाप्पे पनि घाइते भएका छन् । 

Kylian Mbappe went down after hurdling over Uruguay goalkeeper Martin Campana

एमबाप्पे ३६ औं मिनेटमा काँधको चोटले बाहिरिएका थिए । उरुग्वे विरुद्धको खेलमा उनी लडेपछि त्यसको असर पनि पिएसजीलाई पर्नेछ । 

ओलिभर जिरुले गोल गर्दै फ्रान्सलाई १–० ले जिताएका थिए । 


च्याम्पियन्स लिगको समूहमा तेस्रो स्थानमा रहेको पीएसजीलाई अब बाँकी खेलमा अनुकुल नतिजा ल्याउनैपर्ने दबाब रहेको छ ।

Kylian Mbappe was forced off the field with a shoulder injury after landing heavily from a fall

अब बाँकी रहेको खेलमा पीएसजीले लिभरपुल र त्यसपछि रेड स्टार बेलग्रेडको सामना गर्नेछ । लिभरपुलसँग पराजित भएमा अर्को चरण पुग्ने सम्भावना निकै कम हुनेछ ।

A handball after 52 minutes allowed Olivier Giroud to step up and slot home the decisive goal

The target man has 33 goals for France and is fourth on their list of all-time goalscorers

Cavani tussles for the ball with World Cup winner Bejamin Pavard during a tight match



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ