arrow

सन्दीप लामिछानेको अर्को फड्को, पिएसएलबाट कम्तीमा ५० लाख पाउने 

logo
प्रकाशित २०७५ मंसिर ५ बुधबार
sandeep-u-19-captain.jpeg

काठमाडौँ । नेपाली युवा क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेले व्यवसायी क्रिकेटमा अर्को छलाङ मारेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीपले पाकिस्तान सुपर लिग पिएसएल टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका हुन् । 

मंगलबार भएको खेलाडी छनोट अक्सनमा सन्दीपलाई पिएसएल क्लब लाहोर कालान्दरले किनेको हो । सन्दीपले लाहोरबाट न्यूनतम ५० लाखदेखि ७० लाख प्राप्त गर्नेछन् । 

सन्दीपको टोलीमा दक्षिण अफ्रिकाका चर्चित ब्याटसम्यान एबिडी भिलियर्स, पाकिस्तानका फकर जमान, साहिद अफ्रिदी, यासिर शाह, कार्लोस ब्रेथवेटजस्ता विश्वचर्चित खेलाडी खेलाडी रहेका छन् । आगामी फागुन ५ देखि चैत ३ गतेसम्म हुने प्रतियोगितामा छ क्लबले सहभागिता जनाउने छन् । 

पिएसएलमा आबद्ध भएसँगै सन्दीप नवौँ विदेशी लिगमा आबद्ध भएका छन् । सन्दीप अघिल्लो वर्ष पनि पिएसएलको ड्राफ्टमा भए पनि उनलाई कुनै पनि टोलीले चासो देखाएका थिएनन् । 

अघिल्लो वर्ष दिल्लीमा सनसनीपूर्ण डेब्यु गर्दै तीन खेलमा पाँच विकेट लिएका सन्दीपले त्यसपछि ग्लोबल टी–२० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए । 

त्यस्तै क्यारेबियन प्रिमियर लिग (सिपिएल) सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल कौशल प्रदर्शन गरेका सन्दीपले यसै साता सम्पन्न अफगानिस्तान प्रिमियर लिगमा एक खेल खेलेका थिए ।

लामिछाने बङ्गलादेश र युएईको लिगमा समेत अबद्ध भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ