arrow

प्रहरी चौकी बनाउन घरदैलो

logo
किरण न्यौपाने,
प्रकाशित २०७२ फागुन १५ शनिबार
20160227_083416.jpg.jpeg
 
रंगेली । मोरङको बवियाविर्ता गाविस ३ धिमधिमेका स्थानियबासिन्दाहरुले आफै चन्दा संकलन गरी प्रहरी चौकी बनाइ दिने भएका छन् ।  लामो समय देखी साझा संस्थाको भवनमा डेरामा बस्दै आएको प्रहरीहरुलाई स्थानियबासीहरुले आफनो गाऊमा ३ कोठे पक्की भवन सहित  प्रहरी व्यारेक, भान्सा, शौचालय बनाई दिन लागेका हुन् ।  स्थानियबासीहरुले आज एक कार्यक्रमको आयोजना गरी प्रहरी उपरिक्षक संन्दिप भण्डारीको प्रमुख अतिथ्यमा भवनको शिलान्यास समेत गरेका छन् ।
 
भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गदै उपरिक्षक भण्डारीले गाऊलेहरुको यो कार्य प्रशंसायोग्य रहेको बताए। भण्डारीले अहिलेको प्रहरीको कार्य शैली समेत परिवर्तन भएकोले प्रहरीले सधै जनता संग हातेमालो गरेर अगाडी बढ्ने बताउदै सभ्य समाज निमार्णका लागी प्रहरी सधै लागीपरेकोे बताए । ४ महिनामा प्रहरी चौकी निर्माण गरी सक्ने योजना बनाएका स्थानियहरुले दुई चरणमा करिव २० लाख रुपैया लागतमा प्रहरी चौकी बनाउने लक्ष्य राखेका छन् । 
 
स्थानिय सुरेश पोखरेलले आफनो पिता स्व. प्रेम प्रसाद पोखरेलका नामबाट ३ कठ्ठा जग्गा प्रदान गरेपछी घरदैलो गरी चन्दा संकलन गरेर प्रहरी चौकी बनाउन लागेको भवन निमार्ण समितीका अध्यक्ष विर बहादुर थापाले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ