arrow

मनाङ–थ्रीस्टार भिडन्त

logo
प्रकाशित २०७५ मंसिर ६ बिहिबार
three-star-manang.jpeg

काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष दुई स्थानमा रहेको क्लबहरू मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबले बिहीबारको खेल आ–आफ्ले जित्ने दाबी गरेको छन् । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित ‘प्री म्याच कन्फ्रेन्स’मा मनाङ–मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबका प्रशिक्षक सुमन श्रेष्ठ र मेघराज केसीले बिहीबारको खेल आफ्नै टोलीले जित्ने दाबी गरेका छन् । 

लिगको उपाधि दाबेदारका रुपमा हेरिएका यी दुई टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेस सातदोबाटोमा बिहीबार दिउँसो २ बजे हुनेछ । 

लिगको दोस्रो चरण सकिँदा थ्री स्टार ६ अङ्क जोडेर लिगको शीर्ष स्थानमा छ । मनाङ पनि छ अङ्क जोडेर गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । “थ्री स्टार राम्रो टोली हो, हामी बराबरी जस्तै छौँ”, मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भने, “हामी स्पष्ट तीन अङ्कका लागि खेल्नेछौँ ।” 

थ्री स्टारविरुद्ध मैदान उत्रँदा मनाङलाई खेलाडीको चोटले सताएको छ । मनाङका पहिलो रोजाइका दुई खेलाडी घाइते छन् । कप्तान सुजल श्रेष्ठ र प्रकाश बुढाथोकीको चोटले मनाङलाई अप्ठेरो परेको छ । 

प्रशिक्षक श्रेष्ठले थ्री स्टारविरुद्ध खेल्ने रणनीतिमा समेत परिवर्तन गर्ने जित्ने दाबी गर्नुभयो । थ्री स्टारका प्रशिक्षक केसीले आफ्नो टोलीले हार नरुचाउने बताउँदै जीत निकाल्ने दाबी गर्नुभयो । “हामी जित्नका लागि नै खेल्छौं, उनीहरूभन्दा बढी मेहेनत गरेर तीन अङ्क लिने छौं” उनले भने । बिहीबार शुरु हुने तेस्रो चरणका खेलहरू शनिबारसम्म चल्नेछ । 

लिगको उपाधि दाबेदारमध्ये बलिया दुई टोलीबीच पछिल्लो समय थ्री स्टार मनाङमाथि हाबी हुँदै आएको छ । सोही मैदानमा हुने पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टोली (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ