arrow

अन्तर्राष्ट्रिय डब्लुकेआई कराते च्याम्पियनसिप शनिबार

logo
प्रकाशित २०७५ मंसिर ६ बिहिबार
karate1.jpg

इन्टरनेशनल वादो फेडरेशन आइडब्लुएफ नेपालको आयोजनामा यहि मंसिर ८ र ९ गते १६ औं अन्तराष्ट्रिय डब्लुकेआई कराते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । प्रतियोगिता लैनचौरस्थित टेवुलटेनिस कवर्ड हलमा हुने भएको हो ।   

प्रतियोगितामा आयोजक नेपालसहित श्रीलङका, बंगलादेश, भुटान र भारतका गरि कुल ३ सय खेलाडी सहभागी हुने इन्टरनेशनल वादो फेडरेशन (आइडब्लुएफ) नेपालका कार्यवाहक अध्यक्ष शम्भु तामाङले जानकारी दिए । 

श्रीलङकामा १५ औँ अन्तराष्ट्रिय डब्लुकेआई कराते च्याम्पियनसिप प्रतियोगीता सफलतापुर्वक सम्पन्न गरेको अनुभवका आधारमा नेपालमा हुने प्रतियोगितालाई पनि सफल बनाउन लागिपरेको उपाध्यक्ष मोहन महर्जनले बताए । 

प्रतियोगिताको एक दिन अघि मंसिर ७ गते रेफ्री सम्मेलन समेत हुने महासचिव राजु सुवेदीले जानकारी दिए । 

प्रतियोगितामा सहभागी हुन नेपाल बाहिरका खेलाडी तथा अफिसियलहरु बुधबारबाटै आउन सुरु गरेको कार्यवाहक अध्यक्ष तामाङले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ