arrow

‘ए’ डिभिजन लिग : मनाङको अपराजित यात्रा कायमै

logo
प्रकाशित २०७५ मंसिर ६ बिहिबार
3-star.JPG

काठमाडौँ । मनाङ मस्र्याङ्दी क्लबले यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आज एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङ मस्र्याङ्गीले थ्री स्टार क्लबलाई २–१ गोलअन्तरले पराजित गर्‍यो ।

मनाङका लागि अञ्जन विष्टले खेलको ११औँ मिनेटमा गोल गरेका थिए । हेमन गुरुङको पासमा अञ्जनले गोल गरेका थिए । खेलको १९औँ मिनेटमा थ्री स्टारका विजय धिमालले आत्मघाती गोल गर्दै थ्री स्टारलाई २–० को अवस्थामा पुर्‍याएका थिए । थ्री स्टारका गोलकिपर एलेन न्यौपानेले क्लियर गर्न खोजेको बल विजयको हातमा लागि गोलमा हुन पुगेको थियो ।

थ्री स्टारले दोस्रो हाफमा आफ्नो प्रदर्शनमा सुधार गरेको थियो । मनाङका मोहमद आसिफले अजिज मार्टिनलाई पेनाल्टी बक्समा लडाएपछि थ्री स्टारले पेनाल्टी पाएको थियो । खेलको ८५आँै मिनेटमा पाएको उक्त पेनाल्टीलाई थ्री स्टारका रञ्जित धिमालले गोलमा परिणत गरेका थिए । खेलमा एकतर्फी दबाब सिर्जना गरेपनि थ्री स्टारले थप गोल फर्काउन भने सकेन । मनाङका हेमन गुरुङ म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार पुरस्कार प्राप्त गरे ।

जितसँगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा विजयी मनाङले नौ अङ्क जोडेको छ । थ्री स्टार ६ अङ्कका साथ दोस्रो स्थानमा छ । खेलपछि आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले रेफ्रिको निर्णयप्रति चित्त नबुझेको प्रतिक्रिया दिए । मनाङ–मस्र्याङ्दी क्लबका प्रशिक्षक सुमन श्रेष्ठले आजको खेलमा आफ्नो रणनीति सफल भएको बताए। “थ्री स्टारको प्रदर्शन राम्रो थियो, मनाङले उत्कृष्ट खेल खेल्य,” उनले भने । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने मनाङलाई भाग्यले साथ दिएको प्रतिक्रिया दिए । आजको हारले उपाधि होडमा केही फरक नपर्ने उनको भनाइ छ ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ