arrow

सन्दीप लामिछानेको टोली पराजित, एकमात्र विकेट सन्दीपलाई नै 

logo
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
sandeep-kerala-kings.jpg

काठमाडौं । यूएईको सारजहाँमा जारी टी–१० लिग क्रिकेटको पहिलो खेलमा म्यान अफ द म्याच भएर टिमलाई जिताएका नेपाली ढुकढुकी सन्दीप लामिछानेले दोस्रो खेलमा भने आफ्नो टिमलाई जिताउन सकेनन् । 

सन्दीप सम्मिलित केराला किंस बिहीबार राति सिन्धिससँग ९ विकेटले पराजित भएको छ । सन्दीपले कसिलो बलिङ गर्दै एकमात्र विकेट लिने खेलाडी बने पनि टिमको हार जोगाउन सकेनन् । 

केरालाले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य सिन्धिसले आठौं ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । २० बलमा ४९ रन जोडेका एन्टोन डेभ्चिचलाई सन्दीपले आफ्नो शिकार बनाएका थिए । सिन्धिसका लागि कप्तान सेन वाटसनले २४ बलमा ४ चौका र ४ छक्काको मदतले नटआउट ५० रन जोडे ।

सन्दीपले २ ओभर बलिङ गर्दै १४ रन खर्चेर १ विकेट लिएका थिए । त्यसअघि बलिङ गरेको सिन्धिसका लागि स्पिनर प्रवीन ताम्बेले अप्रत्याशित सुरुवात दिलाए । पहिलो ओभरमा ह्याट्रिकसहित ४ विकेट लिएका उनले २ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ