arrow

सुस्ताको ठाडीघाट मेलामा भव्य कुस्ती

logo
अंगद यादव,
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
kusti.jpg

नवलपरासी पश्चिम। नवलपरासी पश्चिमको सुस्ता गाउपालिका बडा नं ५ पकलिहवाको ठाडीघाटमा कुस्ती मेला कार्यक्रम सम्पन्न भएको छ। सुस्ता गाउपालिका वडा नं ५ पकलिहवामा नारायणी नदीको नजिक अवस्थित धार्मिक आस्थाको केन्द्र कार्तिक पूर्णिमाको दिन ठाडीघाटक मेलामा कुस्ती प्रतियोगिताको आयोजना गरिएको थियो।

कार्तिक पूर्णिमाको दिन ठाडीघाट मेलामा आयोजित कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका उत्तर प्रदेश र बिहारका विभिन्न ठाउँबाट पहलवानहरु सहभागी भएका मेला समितिका अध्यक्ष ब्रम्हा लोहारले बताएका छन।

ठाडीघाटको कुस्ती हेर्न नेपाल भारतबाट हजारौं हजारको संख्यामा सर्वसाधारण र तिर्थालुहरु आउछन। ठाडीघाट कुस्तीबाटै चर्चित भएकोले दर्शक तथा तिर्थालुको मागलाई ध्यानमा राख्दै विगत झै मेलामा कुस्ती ल्याइएको अध्यक्ष लोहारले बताए।

ठाडीघाटको मेला नेपाल भारतको सम्बन्ध झन बलियो बनाउने मेला हो। यसलाई अझै सभ्य भब्य बनाउन आफु सहयोग गर्ने नवलपरासी १ख का प्रदेश सभा सदस्य अजय बहादुर शाहीले भने।

प्रतियोगीताको प्रथम ऊपाधिको लागि मन्जेश कुशवाहा देवतहा,कुशीनगर र नागेन्द्र यादव गोरखपुर बिच प्रतिष्पर्धा भएको थियो। उक्त प्रतिष्पर्धामा यादवलाई पराजय गरी मन्जेस कुशवाहा प्रथम स्थान हासील गरेका थिए।

द्वितीय बिजेता लागि तुफानी यादव देवतहा कुशीनगर र तृतीय बिजेता पवन पहलवान हाटा कुशीनगरका ले हाथ पारेका थिए। बिराट कुश्ती दंगल प्रतियोगीतामा कुल ३३ जोडी प्रतिष्पर्धा गरेका थिए।

सो अवसरमा जिल्ला समन्वय समितिका अध्यक्ष शिवशंकर राय, सुस्ता गाऊपालिका प्रमुख रामप्रसाद पाण्डे, वडाध्यक्ष प्रभुनाथ यादव सशस्त्र प्रहरी निरिक्षक माधव पण्डित, ओमप्रकाश तिवारी, रामनगर प्रहरी इन्चार्ज लिल बहादुर बिक, लागायतको उपस्थिती रहेको थियो।

एतिहासिक एवं पर्यटकिय क्षेत्र नारायणी नदिको किनारमा हरेक साल कार्तिक पुर्णिमाका दिन लाग्दै आएको मेलामा नेपाल र भारत बाट करिब ५० हजारभन्दा बढि श्रद्धालुभक्तहरु दर्शन गर्न आएको मेला ब्यवस्थापन समितिले दावी गरेको छ।

नारायणी नदिमा स्नान  पश्चात त्याहा निर्माण शिव मन्दिरमा पुजा गरेपछि मनोकामना पुरा हुने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ