arrow

समा चकेवालाई रंगी चंगी बनाई विदाई

logo
सुरेन्द्र सिंह,
प्रकाशित २०७५ मंसिर ८ शनिबार
janakpur-festival.jpg

जनकपुरधाम। मिथिलाञ्चलमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा मनाउने समा-चकेवा शुक्रबार राति विसर्जन गरिएको छ। भाइटीकाका दिनदेखि नै शुरु भएको दस दिन सम्म मनाइने समाचकेवा पर्व कात्तिक शुक्ल पुर्णिमाका दिन सामा चकेवाको विसर्जन गरिन्छ।

कतिपय ठाउँमा समा चकेवालाई  शुक्रबार रातिनै विसर्जन गरिएको छ। सामाचकेवालाई रंगरोगन गरेर दाजुभाईको घुंडामा फुटाउन लगाएर दिदीबहिनीले यो पर्वलाई समापन गरेका हुन। सामा चकेवा फुटाउँनु अघि दिदीबहिनीले दाजुभाईलाई च्युरा, भुसबा, गुँड दिएर  फाँर भरेका थिए। सामा चकेवा फुटाएमा दाजुभाईले दिदीबहिनीलाई नगदसहित उपहार दिएका छन्।

फुटाएको सामाचकेवालाई दिदीबहिनीले नजिकको खेत, करेसाबारीमा विसर्जन गरेका छन। यता समा चकेवा  विसर्जनको क्रममा थारु कल्याणकारिणी सभा र थारु महिला गाउँ  इकाई समिति भंगहा नगरपालिका ९ भिमगढ, महोत्तरीले  जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर शुक्रबार जनकपुरधामको पोखरीमा  समा चकेवाको विसर्जन गरिएको छ।

कात्तिक पूर्णिमाको मध्यरात्रिमा महिलाहरुले आ–आफ्ना घरबाट गीत गाउँदै चौंवाटोमा भेला भएर पर्वको अन्त्य गर्दछन्। सो क्रममा दाजुभाईले दिदीबहिनीले बनाएका माटाका सामा फुटाइ दिन्छन् भने चुगलाको प्रतिक कुचो र बृन्दावनको प्रतिक झारपातमा आगो लगाएर जलाउछन्। सामा, चकेवा र अन्य भाँचिएका मूर्तिहरूलाई गाउँनजीकैको खोला, पोखरी वा तलाउमा विसर्जित गरिन्छ, तर चुगलाको मुर्तिलाई भने फोहोर ठाउँमा (शौचालय क्षेत्र)मा फ्याल्ने  गरिन्छ। 

त्यसपछि गीग गाउदै घर फर्केर दाजुभाईलाई मिष्टान्न भोजन गराउँछन्।  दाजुभाईले पनि दिदीबहिनीलाई यथासक्य उपहार तथा दक्षिणा दिने गर्दछन्।  तराई–मधेश एवम् मिथिलाको प्रसिद्ध लोक पर्व सामाचकेवा पर्वले चौतर्फी रुपमा  व्यापकता  पाउँदै गएको छ। खासगरी थारु र मैथिल महिला तथा किशोरीहरु   सामाचकेवा लोक पर्व हर्षौल्लासका साथ मनाउँदै आएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ