arrow

नेपालगञ्ज म्याराथनको उपाधी कान्छी र भूमिको पोल्टामा

logo
प्रकाशित २०७५ मंसिर ८ शनिबार
marathon-nepalgunj.jpg

नेपालगञ्ज। चौथो नेपालगञ्ज म्याराथनको उपाधी नेपाल प्रहरीका भुमिराज राईले जितेका छन्। निर्धारित ४२ किलोमिटरको दुरी २ घन्टा ३२ मिनेट ३० सेकेन्डमा पुरा गर्दै राईले उपाधी सहित ६० हजार रुपैयाँ जिते । सशस्त्र प्रहरीका खिमबहादुर खत्री दोश्रो भए। २ घन्टा ३५ मिनेट ३२ सेकेन्डमा दुरी पार गरेका खत्रीले ३० हजार पाए । २ घन्टा ४७ मिनेट २८ सेकेन्डमा दुरी पार गरेका सशस्त्रकै गणेशसिंह ठकुरीले २० हजार प्राप्त गरे। 

महिला हाफ म्याराथनको उपाधी भने सशस्त्रकी कान्छीमाया कोजुले नै जितिन् । १ घन्टा २२ मिनेट ४२ सेकेन्डमा निर्धारित दौड पुरा गरेकी कोजुले ३० हजार रुपैयाँ पुरस्कार पाइन् ।  कोजुभन्दा करीब ३ मिनेट २ सकेण्ड ढिला दुरी पार गरेर दोश्रो भएकी सशस्त्रकै ब्रिन्दा श्रेष्ठले २० हजार र तेश्रो भएकी सशस्त्रकै कृष्णाश्वरी सिन्तकलाले १० हजार रुपैयाँ पुरस्कार पाइन् । 

छात्राको ५ किलोमिटर दौडमा कालिकोटकी मंगल बुढा र छात्रतर्फ जुम्लाका नरेश बुढा पहिलो भए । दुुबै जनाले पाँच पाँच हजार पुरस्कार पाए । दश  बर्षे द्वन्द्वको अन्त्य हुने गरी तत्कालिन माओबादी र सरकारवीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै नेपालगन्ज म्याराथन आयोजना गरिँदै आइएको छ। आजको म्याराथनमा एक हजार बढी सहभागी भएको आयोजक क्रियटिभ्स ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ