arrow

रूस बढी खतरा : बेलायती सैनिक प्रमुख

logo
एएफपी,
प्रकाशित २०७५ मंसिर ८ शनिबार
mark-uk-army-chief.jpg

लण्डन, बेलायत। बेलायतको सुरक्षामा कुनै आतङ्कवादी समूहभन्दा रूसबाट बढी खतरा रहेको बताइएको छ। बेलायती सेना प्रमुख जनरल मार्क कार्लेटन–स्मिथले ‘दि टेलिग्राफ’ दैनिकमा शनिबार प्रकाशित एक अन्तर्वार्तामा बेलायतलाई स्लामिक स्टेट (आइएस) र अल कायदाभन्दा रूसी पक्षबाट खतरा बढी रहेको बताएका छन्।

कार्लेटन–स्मिथले भने, “मस्कोले आफ्नो राष्ट्रिय हितका नाममा ‘पश्चिमी सुरक्षा सम्वेदनशील क्षेत्रमा’ आफ्नो सेनालाई प्रयोग गर्न चाहेको देखिएको छ।” “आज रूसले हाम्रो राष्ट्रिय सुरक्षामाथि आइएस वा अलकायदाले भन्दा व्यापक खतरा निम्त्याएको छ,” उनले थपे। “रूसले बेलायत तथा पश्चिमा मुलुकमा खासगरी साइबर, स्पेस तथा सामुद्रिक सतहमूनि हुने गैर–परम्परागत क्षेत्रहरूमा योजनावद्ध तरिकाले सुरक्षा खतरा बढाएको छ।”

सन् २०१८ मा रूस र चीनको सम्बन्ध ऐतिहासिक रूपमा नै निकै कमजोर देखिएको छ। गत मार्चमा ६६ वर्षीय पूर्व रुसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी ३३ वर्षीया छोरीमाथि स्नायुप्रणालीमा असर गर्ने नोभिचोक भनिने विषालु पदार्थबाट आक्रमण भएको र यसमा रुसी सरकारको उच्च तहबाटै हत्याको प्रयास गराएको आरोपसमेत बेलायतको छ।

रुसी सैन्य गुप्तचर एलेक्जान्डर पेट्रभ र रुस्लान बसिरफले हत्याको प्रयास गरेको आरोप बेलायतले लगाएको छ यद्यपि रुसले भने बेलायतको आरोप आधारहीन भएको भन्दै खण्डन गरेको थियो। यससँगै बेलायतले केही रूसी कुटनीतिज्ञलाई देश निकाला गरेको थियो भने मस्कोले पनि जस्तालाई तस्तै भन्ने खालको समान निर्णयमार्फत बेलायती कुटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ