arrow

रुसी राष्ट्रपति भवनमाथि उडे रहस्यमयी हेलिकोप्टर, मानिसहरुमा आशंका 

logo
प्रकाशित २०७५ मंसिर ८ शनिबार
helicoptor1.jpg

काठमाडौं। रुसको राष्ट्रपति भवनमाथि शुक्रबार २ रहस्यमयी हेलिकोप्टर उडेका छन्। जसमध्ये एक हेलिकोप्टरमा एक सैनिक जवान हतियासहित बसेका थिए। यो देखेर धेरैले रुसमा सत्ता कब्जा हुन सक्ने आशंका व्यक्त गरेका थिए। 

यस विषयमा कुरा गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले उक्त हेलिकोप्टर सैन्य तालिमको क्रममा उडाइएको बताए। उनले रुसमा आशंका गरिएजस्तो केही पनि नभएको बताए। उनले क्रेमलिनको ठुलो हिस्सा सर्वसाधारणका लागि खुला रहने गरेको तर यसमा केही प्रतिबन्धहरु पनि रहेको कारण बेलाबेलामा सुरक्षा अभ्यास हुने गरेको बताए।

भ्लादिमिर पुटिनको आवास क्रेमलिनमा दुई हेलिकोप्टर उडाइएको भिडियो सार्वजनिक भएको थियो, जसमा एक विमानमा मुहार छोपिएका केही मानिसहरु थिए र उनीहरुले हतियार पनि बोकेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ