- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वकप महिला क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार बिहान भएको फाइनलमा अष्ट्रेलियाले इंगल्याण्डलाई ८ विकेटले हरायो ।
नर्थ साउन्डमा भएको खेलमा इंगल्याण्डले १९.४ ओभरमा अलआउट हुँदै १०५ रन बनाउन सक्यो ।
ओपनर यातले ४३ र कप्तान नाइटले २५ रन बनाइन् । अरु कसैले पनि डबल डिजिटको रन बनाउन सकेनन् ।
एस्लाइ गार्डनरले सर्वाधिक ३ विकेट लिइन् ।
१०६ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले १५.१ ओभरमा मात्र २ विकेटको नोक्सानीमा पुरा गर्यो ।
अलराउन्डर गार्डेनरले नटआउट ३३, कप्तान लेनिङले नटआउट २८ रन बनाइन् ।
प्लेयर अफ द सिरिज अष्ट्रेलियाकै एलास्सा हिली भइन् ।