arrow

टी–१० क्रिकेटमा राजपुत्सविरुद्ध सन्दीपले चड्काए दुई विकेट

logo
प्रकाशित २०७५ मंसिर ९ आइतबार
sandeep3.jpg

काठमाडौं । युएईमा जारी टी–१० लिग क्रिकेटमा आइतबार नेपाली ढुकढुकी सन्दीप लामिछानेले २ विकेट लिएका छन् । केराला नाइट्सबाट खेल्दै आएका सन्दीपले राजपुत्सविरुद्धको खेलमा २ विकेट लिएका हुन् । 

वर्षाले खेल रोकिएर खेल रद्द हुनुपूर्व राजपुत्सले ९ ओभरमा ५ विकेट गुमाउँदै ९४ रन जोडेको थियो । लौरी एभान्सले १९ बलमा नटआउट ३८ रन जोडेका थिए । कप्तान ब्रेन्डन मक्कुलमले १२ बलमा २१ रन जोडे भने रुसोले ११ बलमा २१ रनको योगदान दिए । 

सन्दीपले २३ रन दिएर २ विकेट लिएका हुन् । फाबियान एलेनले पनि २ विकेट लिए ।

सन्दीपले मोहमद सहजाद र क्रेग ब्रेथवेटलाई आउट गरे । 

सन्दीपले अहिलेसम्म खेलेका ३ खेलमा ६ विकेट लिइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ