arrow

‘फेसबुकको विज्ञापनका कारण जितेका थिए ट्रम्प’

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर १० सोमबार

काठमाडौं । फेसबुकको निश्चित मानिसहरुलाई लक्षित गरिएको विज्ञापन सन् २०१६ को निर्वाचनमा निकै प्रभावकारी भएको एक अध्ययनले देखाएको छ । सन् २०१६ को निर्वाचनमा ट्रम्पलाई जिताउनका लागि यस किसिमको विज्ञापन प्रचार गरिएको स्पेनको चार्लस् थर्ड युनिभर्सिटीले गरेको अध्ययनको क्रममा पाइएको हो । 

अध्ययनको क्रममा ट्रम्पको टोलीले ४ करोड ४० लाख डलर रकम खर्च गरिएको देखिएको हो । २०१६ को निर्वाचन अभियानको क्रममा फेसबुकमा १ लाख ७५ हजार विज्ञपनहरु गरिएको थियो । उक्त निर्वाचनमा विपक्षी उम्मेदवार हिलारी क्लिन्टनले भने २ करोड ८० लाख डलर खर्च गरेकी थिइन् । 

यो अभियानमा समर्थनको लागि फेसबुक प्रयोगकर्ताहरुको व्यक्तिगत सूचनाहरुलाई आधार बनाएर विज्ञापन प्रचार गरिएको थियो । अध्ययनले यस किसिमको विज्ञापनले ट्रम्पको भोट कम्तीमा पाँच प्रतिशत अंकले बढेको देखाएको छ । 

विशेषगरी नियमित फेसबुक चलाउने मानिसहरुमा ट्रम्पको विज्ञापनको असर उल्लेख्यमात्रामा देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ