arrow

भारतमा जागिर छाडेका क्रिकेटरले पेन्सन नै पाउँछन् करोडौं, कसले कति पाउँछन् ? (सूची)

logo
प्रकाशित २०७५ मंसिर १० सोमबार
salary-indian-cricketers.jpg

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सेप्टेम्बर २०१७ देखि अक्टोबर २०१८को बीचको अनुबन्ध अवधिमा आफ्नो खेलाडीहरुको अनुबन्ध हुने खेलाडीहरुको तलब राशीमा बृद्धि गरिदिएको थियो । यो संस्थामा अनुबन्धित खेलाडीहरुलाई कूल ४ भागमा विभाजन गरिएको छ । ए प्लस, ए, बी र सी गरी ४ भागमा विभाजन गरिएको छ । 

यसरी ए प्लस ग्रेडमा पर्ने खेलाडीहरुको वार्षिक ७ करोड रुपैयाँ तलब तोकिएको छ । ए ग्रेडमा पर्ने खेलाडीहरुको ५ करोड रुपैयाँ तथा बि ग्रेडमा पर्नेवाला खेलाडीहरुको ३ करोड रुपैयाँ करोड रुपैयाँ तथा सी ग्रेडमा पर्ने खेलाडीहरुको हरेक वर्ष १ करोड रुपैयाँ तलब तोकिएको छ । pension ex indian cricketers

तर धेरैलाई थाहा नहुन सक्छ यी खेलाडीहरु जसले खेलबाट सन्यास लिइसकेका छन् । ती क्रिकेटरहरुले पेन्सन पनि पाउने गरेका छन् । यस्ता क्रिकेटरहरुलाई पेन्सन दिने कामको सुरुवात २००४ सालबाट सुरु भएको थियो । त्यो समयमा कूल १ सय ७४ जना पूर्व खेलाडी तथा अधिकारीहरुलाई पेन्सन दिने व्यवस्था गरिएको थियो । त्यतिबेला जनही ५००० रुपैयाँ मासिक पेन्सन दिने घोषणा भएको थियो । यो नीतिमा १ पटक टेस्ट म्याच खेल्ने वाला तथा ५० टेस्ट म्याच खेल्ने खेलाडीको बीचमा पनि कुनै भेद देखाईएको थिएन । केवल एकदिवसीय म्याच खेल्नेवाला खेलाडीहरु यस योजनाको लागि योग्य थिएनन् । 

यो योजनालाई २००९ तथा २०१५ मा यस योजनामा परिवर्तन गरिएको थियो । २०१५ सालको जनवरी १ देखि यो योजनामा तलब राशी दोब्बर पारिएको थियो । बीसीसीआईले ३१ डिसेम्बर १९९३ भन्दा पहिले सेवा निबृत्त भएका थिए ती सबै क्रिकेटरहरु जसले २५ या त्यो भन्दा बढी टेस्ट म्याच खेलिसकेका छन् । उनीहरुको पेन्सन ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । pension indian cricketers

त्यस्तै, क्रिकेटरहरु जो ३१ डिसेम्बर १९९३ देखि पहिले सेवा निबृत्त भएका थिए । तथा २५ भन्दा कम टेस्ट म्याच खेलेका थिए । उनीहरुलाई प्रति महिना ३७ हजार ५ सय रुपैयाँ पेन्सन दिईन्छ । जबकि १ जनवरी, १९९५ या त्यो भन्दा पछि सेवानिवृत्त हुने क्रिकेटरको पेन्सन प्रति महिना २२ हजार ५ सय रुपैयाँ आउँछ । 

टेस्ट क्रिकेटर तथा टेस्ट अम्पायरहरुलार्इ उनीहरुको जीवनकालको लागि माथि लेखिएको राशीको पेन्सनको रुपमा मिलिरहेको हुन्छ । वन-डे इन्टरनेशनलमा भारतको प्रतिनिधित्व गर्ने वाला सबै क्रिकेटरलार्इ थप १५ हजार रुपैयाँ प्रतिमहिना पेन्सन मिल्छ । 

महिला क्रिकेटरलार्इ कति मिल्छ पेन्सन ?
जुन महिला क्रिकेटरले १० या त्यो भन्दा धेरै टेस्ट म्याच खेलेका छन् उनीहरुको प्रति महिना २२ हजार ५ सय रुपैयाँ मिल्छ । जबकि जसले ५ देखि ९ वटा सम्म टेस्ट खेलेका हुन्छन् । उनीहरुलार्इ १५ हजार रुपैयाँ मिल्छ। 

यी सबै सेवानिवृत्त टेस्ट अम्पायरहरुको प्रति महिना २२ हजार छ सय रुपैयाँ मिल्छ । जबकि सबै सेवानिवृत्त अखिल भारतीय प्यानलका अम्पायर जसले एक दिवसीय म्याचमा फिल्ड अम्पायरको पदभार सम्हालेका थिए । उनीहरुलार्इ प्रति महिना १५ हजार रुपैयाँ प्रति महिना पेन्सन मिल्दछ ।

वन टाइम पेन्सन स्कीम ?

१. वर्ष २००३-०४ सीजनको अन्तसम्म सेवानिवृत्त भएका सबै‌ टेस्ट क्रिकेटर जसले १०० भन्दा बढी अधिक टेस्ट म्याच खेल्दछन् । उनीहरुले एक पटकमा पेन्सन स्कीमको रुपमा एकैपटक डेढ करोड रुपैयाँ पाउँछन् । जबकि ७५ देखि ९९ सम्म बीच टेस्ट म्याच खेल्ने खेलाडीहरुले तथा ५० देखि ७४ सम्म टेस्ट म्याच खेल्ने खिलाडीलार्इ क्रमशः १ करोड रुपैयाँ र ७५ लाख रुपैयाँ पेन्सन दिइन्छ । यो एक पटक मात्रै दिइन्छ । 

२. त्यो टेस्ट क्रिकेटर्स जसले २००३-०४ सम्मको बीचमा सेवानिवृत्त भएको थियो तथा जसले २५ देखि ४९ सम्मको बीचमा म्याच खेलेको थियो उनीहरुको ६० लाख रुपैयाँ र १० देखि २४ पटक टेस्ट म्याच खेल्नेवाला खेलाडीलार्इ ५० लाख रुपैयाँ तथा १ देखि ९ पटक मात्रै टेस्टम्याच खेल्ने खेलाडीलार्इ एक पटकमा ३५ लाख रुपैयाँ वन टाइम पेन्सन स्कीम रहेको छ । 

३. वन टाइम स्कीम जस्तै प्रथम श्रेणीको म्याच खेल्नेवाला खेलाडीहरुलार्इ समेत फाइदा  छ । यसमा १०० भन्दा बढी प्रथम श्रेणीको म्याच खेल्नेवाला खेलाडीलार्इ ३० लाख रुपैयाँ दिर्इन्छ । जबकि ७५ देखि ९९ पटक प्रथम श्रेणीको म्याच खेल्नेवाला खेलाडीलार्इ २५ लाख रुपैयाँ दिइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ