arrow

अश्लीलता नियन्त्रण गर्न पाँच लाख १० हजार कार्यालय 

logo
प्रकाशित २०७५ मंसिर ११ मंगलबार

काठमाडौं । विश्वमा सबैभन्दा ठूलो चुनौतीको रुपमा अश्लील सामग्री तथा गैरकानूनी प्रकाशन नियन्त्रण सम्बन्धी नै देखिएको छ । यो चुनौती विकसित राष्ट्रमा झन् बढ्दो छ । 

त्यस्तै चीनमा अश्लील सामग्री नियन्त्रण गर्न पाँच लाख १० हजार भन्दा बढी कार्यालय स्थापना गरिएको छ। त्यस्ता कार्यालयहरू सामुदायिक र कार्यस्थल तहमा स्थापना गरिएको अश्लीलता नियन्त्रण गर्ने सम्वन्धी कार्यालयले जनाएको छ । 

सामाजिक सांस्कृतिक वातावरणलाई स्वच्छ बनाइराख्न ती कार्यालयहरूले महत्वपूर्ण भूमिका खेल्ने दावी गरिएको छ ।

यो आर्थिक वर्षको पहिलो तीन त्रैमासिकमा अश्लील सामग्री तथा गैरकानुनी प्रकाशन गत वर्षको तुलनामा यस बर्ष झण्डै १० प्रतिशतले वृद्धि भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ