arrow

सि चिनफिङका कार्यकर्ता बने ज्याक मा 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
jack-ma.jpg

काठमाडौं । चिनियाँ सबैभन्दा ठुलो बजार पुँजीकरण भएको कम्पनी अलिबाबाका संस्थापक ज्याक मा चिनियाँ कम्यनिष्ट पार्टीका सदस्य बनेका छन् । चिनियाँ स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार मुलुकको विकासको लागि व्यावसायिक नेताको रुपमा उनी पार्टीमा प्रवेश गरेका हुन् । 

यससँगै ज्याक मा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको १०० सदस्यमध्येका एक भएका छन् । चीनको आर्थिक सुधारको ४० वर्षको अवसरमा ज्याक मालाई पार्टीको सदस्य बनाइएको जानकारी दिइएको छ । 

माका साथै टेन्सेन्ट होल्डिङ्सका प्रमुख कार्यकारी पोनी मा, बैदूका सीईओ रोबिन लि, बास्केटबल स्टार याओ मिङ र भलिबल प्रशिक्षक लाङ पिङलाई पनि पार्टीको सदस्य बनाइएको छ । 

पछिल्लो समय चीन सरकार राजनीति र व्यावासायिक क्षेत्रलाई सँगै अघि बढाउने योजनामा अघि बढिरहेको देखिएको छ । चिनियाँ सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार ४० औं वार्षिक उत्सवको अवसरमा अहिले मनोनयन गरिएका १०० जनाहरुको विषयमा नोभेम्बर ३० सम्म सार्वजनिक पुनरावलोकनको समय दिइएको छ । 

ज्याक मा सबैभन्दा बढी सम्पत्ति भएका व्यक्ति हुन् । उनको समग्र सम्पत्ति ३८ अर्ब ४० करोड डलर रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ