एसिया प्यासिफिक समिटमा जोर विजोर नम्बर प्रणाली लागू हुदै
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
529
Shares
काठमाडौं । शुक्रबारदेखि सोमबारसम्म हुने एसिया प्यासिफिक समिटका लागि आगामी बिहिबारदेखि आइतबारसम्म काठमाडौंमा जोर विजोर नम्बर प्रणाली लागू हुने भएको छ ।
समिट क्रममा सवारी जाम नहोस् भनेर जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
मंसिर १३ गते बिहिबार र मंसिर १५ गते शनिबार नम्बर प्लेटको अन्तिम अंक विजोर भएका गाडीमात्रै चल्न पाउने महाशाखाले जनाएको छ । भने मंसिर १४ गते शुक्रबा र मंसिर १६ गते आइतबार जोर अंक भएका गाडी मात्रै चल्न पाउनेछन्।