arrow

आलुखेती लगाउन किसान व्यस्त

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
aalu.jpg

स्याङ्जा । धानवाली भित्राए सगै स्याङ्जाका किसानहरु आलुखेती लगाउन व्यस्त छन् । जिल्लाका ११ ओटै स्थानीयतहमा किसानहरु खेतवारीमा आलु लगाउन भ्याईनभ्याई भएको हो । तिन प्रजातीको आलुखेती हुने स्याङ्जामा बढी मात्रमा किसानहरुले दुई प्रजाती आलुको विउ लगाउने तथ्याङ्क छ । सबै भन्दा बढी जनकदेव नामको आलु किसानको रोजाईमा पर्ने गर्दछ भने केही खुमलक्ष्मी नामको आलुको विउ लगाउने कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ । संघिय संरचनामा मुलुक गएपछि जिल्ला कृषि विकास कार्यालय हटेको छ । जसका कारण किसानहरु अनुदान लिनबाट मात्रै नभएर प्राविधिक सहयोगमा समेत अन्योलता देखिएको छ ।

आलुको विउ उत्पादनमा आत्मनिर्भर रहेको स्याङ्जा यो बर्षदेखि आलुको विउमा समेत किसानहरुले अनुदान पाएका छैनन् । जिल्लामा करिव ८ सय ९० हेक्टर क्षेत्रफलमा आलुखेती गरिदै आएकोमा यो बर्ष केही घट्न सक्ने अनुमान कृषि ज्ञान केन्द्रले लिएको छ । हिउदमा उक्त क्षेत्रफलमा ९ सय ४ मेक्ट्रिटन आलु उत्पादन हुदै आएको गतबर्षको तथ्याङ्कले देखाएको कृषि ज्ञान केन्द्रका प्राविधिक मेघराज पौडेलले बताए । बर्षे आलु भने २० हेक्टर क्षेत्रफलमा लगाइने गरेको छ । जसबाट १ सय ८० मात्र मेक्ट्रिटन आलु उत्पादन हुने पौडेलको भनाई छ ।

स्याङ्जामा विउ आलुको लागी गल्याङ नगरपालिका वडा नम्वर ३ र ११ मा गरिदै आएको छ । नमुना नगदेवाली उत्पादन कार्यक्रम मार्फत विउ आलुको उत्पादन गरिएपनि हाल संघियताका कारण कार्यक्रम नभएकाले किसानले अनुदान नपाउदा विउ उत्पादनमा समेत घट्ने आशंका गरिएको छ । विउ उत्पादनका लागि ३५ हेक्टर जमिनमा आलुखेती गरिदै आएको थियो । विगतका बर्षहरुमा आलुको विउमा ५० प्रतिशत छुट र विषादी औषधी उपलव्ध भएपनि यो बर्षबाट भने किसानले अनुदान नपाएको किसानहरुको गुनासो छ । स्थानीय तह मार्फत किसानलाई अनुदान दिने भनिएपनि अहिले सम्म स्थानीयतहले किसानका लागि कुनै अनुदान नदिएको आलु किसान सिता पौडेल बताउछिन् ।

आलुको पकेट क्षेत्रको रुपमा कालीगण्डकी, आँधीखोला र फेदीखोला गाँउपालिका रहेका छन् भने नगरपालिकामा वालिङ, भीरकोट, पुतलीबजार, गल्याङ रहेका छन् । डडुवा रोगको बढी सामाना गर्नुपर्ने किसानका लागि जनकदेव आलुको विउ बढी उपयुक्त हुने कृषि प्राविधिकको भनाई छ । यो नाम गरेको आलुको विउले डडुवा रोग सहन सक्ने र प्रशस्त पानीको मात्र चाहिने प्राविधिक बताउछन् । यो जनकदेव आलु महङ्गो हुने गरेकाले भारतबाट आउने आलुको विउ सस्तो पाईने भएकाले बढी भारतबाट आयतीत आलुको विउमा किसानको चासो बढ्ने गरेको छ । जिल्लाका किसानमा चेतनाको कमीका कारण स्याङ्जामा उत्पादन भएको आलुको विउ अन्यन्त्र जिल्लामा जाने गरेको छ भने भारतबाट आयतीत गरेको विउ जिल्लाका किसानहरुले प्रयोग गर्दै आएको प्राविधिकहरुले बताएका छन् ।
 
संघिय संरचना सगै सबै भन्दा बढी मारमा किसानहरु परेका छन् । तिनतहको सरकार रहेपनि कुन सरकारबाट किसानले राहत पाउने हो भन्ने विषय अन्योल हुदा किसानहरु निकै मर्कामा परेका स्वंयम कर्मचारीहरु नै बताउने गरेका छन् । सिंहदरवारको अधिकार गाँउ गाँउमा आउने आशा बोकेका नागरिका लागि यो संघियताले झनै अन्योल सिर्जना गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ