जापानका जनताको ऋण सबैभन्दा बढी, एक व्यक्तिको काँधमा ९० हजार डलर ऋण
प्रकाशित २०७५ मंसिर १२ बुधबार
258
Shares
काठमाडौं । कुनै पनि देशको सरकारको मुख्य कार्य त्यहाँको सरकारका जनताको कल्याण गर्नु नै हो । यसरी जनतालाई सेजा दिन र कल्याण गर्नको लागि एक हिसावले सरकारदे खर्च गर्नु पर्दछ । यो खर्चको लागि नै सरकारले आयकर निगमकर, उत्पादन कर, सीमा शुल्क, आदिको व्यवस्था गरेको हुन्छ ।
तर, कहिलेकाँही सरकार यस्तो स्थितीमा आउँछ कि आम्दानी कम र खर्च बढी हुँदै जाँदा विदेशी संस्था तथा राष्ट्रहरुसँग ऋण लिन सरकार बाध्य हुन्छ । त्यही ऋण जुन जनतामाथि बोझको रुपमा हुन्छ । किनभने सरकारले तिर्ने भनेको ऋण जनताबाट नै उठाएर तिर्नुपर्ने हुन्छ । यसमा सरकारको आम्दानी भन्दा बढी खर्च भएपछि सरकारले लिने ऋणहरुको सूची तल प्रस्तुत गरिएको छ ।
आर्थिक सहकार्य तथा विकास संस्था (ओईसिडी) नामक संस्थाले २०१७ सालमा तयार पारेको रिपोर्ट अनुसार अधिक कर्जा रहेका १० मुलुकहरुको सूची निम्नानुसार छ । रिपोर्टका अनुसार विश्वमा सबैभन्दा धेरै ऋण भएको देश जापान हो । सो देशमा कूल गार्हस्थ उत्पादनको २ सय २७ प्रतिशत ऋण रहेको छ । त्यस्तै, दोस्रो नम्बरदेखि दशौं नम्बरसम्म क्रमशः दोस्रो नम्बरमा ग्रीस जसको ऋण कूल सकल घरेलु उत्पादनको १ सय ८१ प्रतिशत कर्जा रहेको छ ।
इटलीमाथि कूल गार्हस्थ उत्पादनको १ सय ५७ प्रतिशत कर्जा छ भने पोर्चुगलमा कूल गार्हस्थ उत्पादनको १ सय ५७ प्रतिशत कर्जा रहेको छ । बेल्जियममा भने कूल गार्हस्थ उत्पादनको एक सय ३० रुपैयाँ कर्जा रहेको छ ।
त्यस बाहेक बाँकी ५ औं स्थानदेखि १० औं स्थानमा पर्ने देशको कूल गार्हस्थ उत्पादन र कर्जाको अवस्था यस्तो छ
फ्रान्स - कूल गार्हस्थ उत्पादनको १२५ प्रतिशत
स्पेन - कूल गार्हस्थ उत्पादनको १२० प्रतिशत
ब्रिटेन - कूल गार्हस्थ उत्पादनको ११८ प्रतिशत
अमेरिका - कूल गार्हस्थ उत्पादनको ११६ प्रतिशत
स्लोवेनिया - कूल गार्हस्थ उत्पादनको ११४ प्रतिशत
यति धेरै ऋण रहेको देशहरुको प्रति नागरिक कति रुपैयाँ ऋण होला ? वा एउटा नागरिकले कति रुपैयाँ ऋण चुक्ता गर्नुपर्छ । ओईसिडीका सदस्य राष्ट्रमा प्रति प्रति व्यक्ति ऋण २००७ पछि पछि २०१७ सम्म ५ दशमलव ९ प्रतिशतको औसत वार्षिक दरबाट बढेको छ । जापानलार्इ आफ्नो कर्जा चुकाउनको लागि प्रति नागरिक ९० हजार ३ सय ४५ डलर रुपैयाँ तिर्नु पर्छ । यो विश्वको सबैभन्दा धेरै हो । जापानको यो कर्जाको हुँदा एस्टोनियाको प्रति नागरिक मात्रै ३ हजार ७ सय ६१ डलर चुकाउनु पर्ने हुन्छ ।
नेपालीमाथि कति छ भार
अर्थमन्त्रालयद्वारा जारी आर्थिक सर्वेक्षणले आन्तरिक र बाह्य कुल ऋणको हिस्सा आठ खर्ब ४३ अर्ब पुगेको देखाएको छ । यो नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको २८ प्रतिशत हो । सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटको चालु खर्चकै हाराहारीमा कुल ऋण रहेको छ। उक्त बजेटमा पनि आन्तरिक र वैदेशिक गरेर करिब चार खर्ब २५ अर्ब ऋण लिने उल्लेख गरिएको छ। यस अनुरुप प्रतिव्यक्ति ऋण भार एक नेपालीलार्इ २८ हजार पर्न आउँछ ।