arrow

सार्क बहिस्कार गर्दै भारत, पाकिस्तानको निम्तो फेरि अस्वीकार 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर १२ बुधबार
SAARC-logo.jpeg

काठमाडौं । भारत दक्षिण एसियाली सहयोग संगठन (सार्क) पूर्णरुपमा बहिस्कार गर्ने दिशामा अग्रसर देखिएको छ । प्रत्येक २ वर्षमा हुनुपर्ने सार्क सम्मेलन काठमाडौंमा भएको १८  औं सम्मेलनपछि भने हुन सकेको  छैन । 

सन् २०१६ को नोभेम्बर १५ र १६ मा पाकिस्तानको इस्लामावादमा आयोजना गर्ने तय गरिएको सम्मेलन २०१६ को युरी आक्रमणको घटनापछि स्थगित भएको  थियो । पछि मिति तय गर्ने गरी सो सम्मेलन स्थगित भएको थियो । 

यस्तोमा पाकिस्तानले भारतलाई पटकपटक सार्क सम्मेलनको लागि निमन्त्रणा दिँदै आएको छ तर भारतले भने त्यसलाई अस्वीकार गर्दै आएको छ । त्यसको सट्टा भारत बिमस्टेकलाई सशक्त बनाउने दिशामा अघि बढेको पाइन्छ । 

पाकिस्तानले मंगलवार भारतलाई सार्क सम्मलेनका लागि निमन्त्रणा पठाउने निर्णय गरेकोमा भारतले त्यसलाई अस्वीकार गरेको हो । पाकिस्तानले सार्क सम्मेलनप्रति आफ्नो प्रतिबद्धता देखाउँदै सफलतापूर्वक यो सम्मेलन गराउने पक्षमा रहको छ । भारतले भने यसलाई अस्वीकार गर्दै आएको छ । 

भारतले भने अहिले सार्कको लागि उचित समय नरहेको भन्दै पाकिस्तानको निम्तो अस्वीकार गरेको हो । भारतले बंगलादेश र श्रीलंकाको राजनीतिक अस्थिरताको बीचमा सार्क सम्मेलन हुन नसक्ने भन्दै निम्तो अस्वीकार गरेको हो । 

पाकिस्तानले सार्कका मुलुकहरुलाई सार्कबारे ध्यानाकर्षणको लागि भारतलाई निम्तो पठाइएको बताएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ