arrow

मौरिन्हो बौलाए जब म्यान्चेस्टर युनाइटेडले जित्यो

logo
प्रकाशित २०७५ मंसिर १२ बुधबार
maurinho.jpg

काठमाडौं। फुटबलका ‘ब्याड कोच’ को उपमा पाउने तर्खरमा रहेका ‘स्टाइलिस कोच अफ युरोप’ जोजे मौरिन्हो एकपटक फेरि खुशीले पागल भएका छन्। उनको प्रशिक्षणमा रहेको इंगलिश क्लब म्यान्चेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा पुगेपछि आतंक नै मच्याएका छन्। 

समूह एचको खेलमा म्यानचेस्टर युनाइटेडले योङ ब्वाइजलाई १–० ले हराउँदा नकआउट चरणमा पुग्यो । मारोउने फेलानीले इन्जुरी समयमा गरेको गोलले जब म्यान्चेस्टर नकआउटमा पुग्यो तब मौरिन्हो खुशीले पागल भए। 

उनले अगाडि पछाडि केही सोचेनन्। मौरिन्होले ड्रिङ्सको बोतलहरु लात्ताले हानेर फुटाइदिए । निकै हौसिए । यसअघि मार्कस रस्फोर्ड गोल गर्न चुकेपछि मौरिन्होले मुड्की बजारेका थिए। 

मंगलबार रातिको खेलमा उनले हुने नहुने सबै हर्कत देखाए। यत्ति नगरे मौरिन्हो फेरि चिनिन पनि चिनिन्नन् । उनको छवि यस्तो भैसक्यो मानौं कि यति नगरे उनको फुटबल करियर सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ