arrow

शेर्पा लाग्यो उकालो, स्टार खस्यो

logo
प्रकाशित २०७५ मंसिर १२ बुधबार
ANFA-football.jpeg

काठमाडौं । हिमालयन शेर्पा क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा उकालो लागेको छ । लिगको चौथो खेलमा शेर्पाले मच्छिन्द्र क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उकालो लागेको हो । 

आशिष गुरुङले कर्नर प्रहारलाई हेड मार्फत गोल गर्दै २१ औं मिनेटमा अग्रता दिलाएका थिए । ८९ औं मिनेटमा कर्ण लिम्बुले अर्को हेडर मार्फत गोल गर्दै शेर्पाको शान अझ फराकिलो बनाए । 

यो विजयी नतिजाले हिमालयन शेर्पाले लिगमा फड्को मारेको छ । शेर्पा ४ खेलबाट ३ जित र १ बराबरी सहित १० अंकका साथ तेस्रो स्थानमा चढेको छ । 

शेर्पाभन्दा माथि १२ अंकबाट मनाङ मस्र्याङदी र समान १० अंकमा रहेको त्रिभुवन आर्मी रहेको छ । थ्रीस्टार भने हिमालयन शेर्पा उकालो चढ्दा ओरालो झरेको छ । ९ अंकको थ्रीस्टार चौथो स्थानमा झरेको हो । 

संकटा ९ अंकबाट पाँचौंमा झरेको छ । मच्छिन्द्रको कन्तविजोग भएको छ । मच्छिन्द्र २ अंकबाट ११ औं स्थानमा छ । चौथो चरणको अन्तिम खेलमा बुधबार दिउँसो फ्रेन्डस क्लब र जावलाखेल युथ क्लब खेल्दैछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ