- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । सर्लाही सहित देशभरी नै चिसो बढ्दै गएको छ । बिहान बेलुका चिसो बढ्न थालेपछि सर्लाहीका स्थानीय बजारमा बाक्ला लुगाको व्यापार बढेको छ ।
चिसो बढदै गएपछि व्यापारीहरुले जाडोका लुगाहरु धमाधम ल्याउन थालेका छन् । जिल्लाका लालबन्दी, हरिवन, बरहथवा, बयलवास, मलंगवा जस्ता मूख्य बजारमा बाक्ला लुगाको व्यापार बढेको व्यापारीहरुले बताएका छन् । दिउँसो चर्का घाम लागेपनि बिहान बेलुका भने चिसो छ ।