arrow

पौष २१ बाट फिदिममा फाल्गुनन्द गोल्डकप हुने

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ मंसिर १२ बुधबार
falgunanda.jpg.jpeg

पाँचथर ।  विगत एक दशक देखि संचालन हुँदै आएको दशौ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता आगामी पौष २१ गते बाट शुरु हुने भएको छ ।

आयोजक फिदिम स्पोटिङ क्लव र जिल्ला फुटबल संघको संयुक्त आयोजनामा आज सदरमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी पौष २१ गतेदेखि ३० गतेसम्म गर्ने जनाएको हो ।

अघिल्लो संस्करणसम्म फिदिम स्र्पोटिङ क्लवले आयोजना गर्दै आएको प्रतियोगिता यसवर्ष भने पाँचथर जिल्ला फुटवल संघसँगको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले आकर्षक ट्रफि सहित नगद ४ लाख प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख पाउनेछ ।

यस्तै विधागत तर्फ वेष्ट गोलकिपर, वेष्ट डिफेन्डर, वेष्ट मिडफिल्डर, वेष्ट फरवार्ड, उदयीमान खेलाडि र प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनहि १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । वेष्ट कोच र सर्वाधिक गोलकर्ताले नगद १५ हजार रुपैँया पाउनेछ  ।

प्रतियोगिताको उत्कष्ट खेलाडीले यामाहा कम्पनीको मोटर साइकल पाउनेछ । प्रतियोगितामा हिमालयन शेर्पा क्लव काठमाडौँ, शसस्त्र प्रहरीको एफिएफए क्लव काठमाडौँ, त्रिभुवन आर्मि क्लव काठमाडौँ, व्वाइज युनियन क्लव काठमाडौँ, जावलाखेल युथ क्लव ललितपुर, सुनसरि–११, मोरङ–११, झापा–११, कर्णसिँ सोनाम मेमोरियल क्लव ताप्लेजुङ र आयोजक फिदिम स्र्पोटिङ क्लव पाँचथर गरि १० टोलिको सहभागिता रहने आयोजक फिदिम स्र्पाेटिङ क्लवका अध्यक्ष विमलकुमार श्रेष्टले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ