arrow

बिहीबार उपत्यकामा बिजोरमात्रः अत्यावश्यक र शैक्षिक संस्थाका चल्न पाउने

logo
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
traffic-jam-3.jpg.jpeg

काठमाडौं । शुक्रबारदेखि सोमबारसम्म काठमाडौंमा हुन गइरहेको एसिया प्यासिफिक सम्मेलनका नाममा बिहीबारदेखि आइतबारसम्म सवारीमा जोरबिजोर प्रणाली लागु भएको छ । 


सम्मेलनमा आउने पाहुना तथा विशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई व्यवस्थित बनाउन जोर बिजोर प्रणाली लागु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले जनाएको छ । 

बिहीबार र शनिबार बिजोर सवारी र शुक्रबार तथा आइतबार जोर नम्बर प्लेट भएका सवारी साधन सञ्चालन गर्न पाइने छ । 

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली अनिवार्य नगरिने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यसको चर्को विरोध पनि भइरहेको छ । यो समाचार पढ्नुस् –क्रिश्चियन प्रचारक कार्यक्रममा जोर विजोर प्रणालीको अबज्ञा गर्न युथ कंग्रेसको आह्वान



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ