- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गुल्मी । गुल्मीको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गापोखरीदेखि रेसुङ्गायज्ञशालासम्म जाने बाटोमा रेलिङ्ग सहितको सिढी निर्माण कार्य भएको छ । रेसुङ्गामा आउने पर्यटकहरु पोखरीदेखि माथि यज्ञशालासम्म हिँडेर जाने बाटो भएकाले यस्तो रेलिङ्ग सहितको सिढी निर्माण गर्न लागिएको हो ।
बुधबार निर्माण कार्यको शिलान्यास रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले गरेका थिए । शिलान्यास कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका नगरप्रमसख भुसालले विकासका कार्यहरु उद्योग बाणिज्य संघले गरेको हुँदा स्थानीय जनप्रतिनिधिलाई समेत चुनौति दिएको बताए ।
नगरप्रमुख भुसालले रेसुङ्गाको विकासका लागि रेसुङ्गा नगरपालिका मात्र नभएर जिल्लाका सबै स्थानीय तहहरुले बिशेष जोड दिने बताए ।
गुल्मी उद्योग बाणिज्य संघको १० लाख लागतमा रेलिङ्ग सहितको सिढि निर्माण कार्य सुरु गरिएको हो । निर्माणको क्रममा यदि आर्थिकमा कुनै समस्या परेमा सबैबाट सहयोग संकलन गरेर यसलाई पुरा गरिने छ ।
रेसुङ्गा नगरपालिका वडा नं। ८ खानिगाउँ देखि रेसुङ्गा पोखरीसम्म जानको लागि यातायातको सुविधा भएता पनि त्यहाँबाट यज्ञशाला पुग्न पैदलमार्ग बनाउने योजना भएकोले यो सिढि बनाउन लागेको उद्योग बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताए ।
यो निर्माण कार्य २ करोड ५० लाखमा सम्पन्न गर्ने योजना भएको महासचिव भुसालले बताए । शिलान्यास कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले रेसुङ्गाको दायित्व उद्योग बाणिज्य संघले नभई रेसुङ्गा नगरपालिकाले लिनुपर्ने बताएका थिए ।
शिलान्यास कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, वुद्धिजीवि, जिल्लामा क्रियाशिल पत्रकारहरु समेतको उपस्थित रहेको थियो ।