arrow

जोप्पोको स्पिड ८ र स्पिड ७ सि स्मार्टफोन सार्वजनिक

logo
प्रकाशित २०७२ फागुन १६ आइतबार
speed-8.jpg.jpeg
एजेन्सी। चिनियाँ स्मार्टफोन कम्पनी जोप्पोले मोबाइल वर्ल्ड कग्रेसमा डेका-कोर प्रोसेसर भएको स्मार्टफोन स्पिड ८ सार्वजनिक  गरेको छ । यसका साथै कम्पनिले स्पिड ७ सि स्मार्टफोन पनि बजारमा ल्याएको छ।
 
यी दुवै स्मार्टफोनको मूल्य भने कम्पनीले खुलाएको छैन। जोप्पोको कम्पनीको स्पिड ८ स्माटफोनमा मिडियाटेक कम्पनीको डेकाकोर हेलियो एक्स २० प्रोसेसर रहेको जनाएको छ। स्पिड ८ मा  सोनी आईएमएक्स २३० सेन्सर तथा एलइडि फ्लाक्स रहेको छ। यस स्मार्टफोनको पछाडी फिङ्गर प्रिन्ट सेन्सर राखिएको छ। स्पिड ७ सिमा  काठको आकर्षक ब्याट्रि कभर रहेको कम्पनिदे जनाएको छ। यी दुबै स्मार्टफोनले डवल सिम सपोर्ट गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ