arrow

सत्यवती मेलामा ३ लाख बढी भेटी सङ्कलन

logo
सीता डोटेल,
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
bheti.jpg

पाल्पा । पाल्पाको सत्यवती मन्दिरमा लागेको चिच्याएर बर माग्ने मेलामा ३ लाख बढी भेटी सङ्कलन भएको छ । प्रत्येक बर्ष कात्र्तिक पुर्णिमाको अबसरमा लाग्ने मेला यस बर्ष पनि पुर्णिमाको अवसरमा मंसिर ५, ६ र ७ गते लागेको थियो ।

३ दिनसम्म लाग्ने मेलामा तीन लाख २४ हजार ८ सय रुपँया भेटी सङ्कलन र १ लाख दर्शनार्थीले मेला भरेको सत्यवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुनवीर गाहाले बताउनुभयो । मन्दिरमा संकलन भएको भेटी मन्दिर क्षेत्रको भौतिक पुर्वाधारदेखि खानेपानी, बिजुली, मन्दिर सम्म पुग्ने बाटो मर्मत तथा विस्तार र मन्दिरका लागि आबश्यक पुजाआजाका सामान खरिदमा लगाउने गाहाले बताए । पाल्पा, गुल्मी, रुपन्देही, स्याङ्गजा सहित भारतको लखनउ लगायतका स्थानबाट दर्शनार्थी मेला भर्न आउने गरेका छन् ।
 
सत्यवती मन्दिरमा रहेकी बज्यै बैरी छन् भन्ने धार्मिक विश्वासले यहाँ आउने दर्शनार्थीले चिच्याएर बर माग्ने गर्छन् । मन्दिर र ताल वरपर परिक्रमा गर्दै चिच्यार बर मागेमा भाकल पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ । सो अबधिमा यहाँ दिन र रात २४ सै घण्टा मेला लाग्दछ । बुटवल–पाल्पा सडकखण्डको केराबारी क्षेत्रबाट पैदल २ घण्टामा मन्दिर पुग्न सकिन्छ । मन्दिरमा झुम्सा क्षेत्रबाट पनि जान सकिन्छ ।

 यहाँ दिन र रातमा हजारौंको संख्यामा पैदल दर्शनार्थी मन्दिर जाने गर्दछन् । मेला अबधिमा मन्दिर वरपर सम्म सवारी साधन लैजान नपाइने भएकाले सिदार्थ राजमार्गको झण्डै १-१ किलोमिटर यता उता सवारी साधन पार्किङ्ग हुने गर्दछ । मन्दिरमा पुजा गर्न जानेहरुले बाँसको लिङ्गोलाई महत्वका साथ लिने गर्दछन् । बिशेष गरि पुर्णिमा दिन लिगो गाडेर भोलिपल्ट एकाबिहानै त्यही आफुले गाडेको लिङ्गो चिनेर चिच्याएर बर माग्ने गर्दछन् ।

 मन्दिरमा दर्शन गर्न जानेहरुले राम्रो जागिर पाम्, मलाई यही बर्ष भिषा लागोस्, बिरामी छोराछोरीका अभिभावकले मेरो सन्तान गम्भिर बिरामी छ-छे सन्चो होस्, मलाई फलाना केटा-केटी नै जिवन साथीको रुपमा मिलोस् भनेर चिच्याएर बर मागेको सुन्न सकिन्छ । यस्तो अनौठो परम्पराले गर्दा पनि बर्षेनि दर्शनार्थी मन्दिरमा पुजाआजाका लागि आउने गदर्छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ