arrow

नेपाली फुटबल झर्यो एक स्थान 

logo
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
ANFA-football.jpeg

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको छ । सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६२औँ स्थानमा पुगेको छ । गत महिना नेपाल १६१ औं स्थानमा थियो । 

बरियताअनुसार दक्षिण एशियामा नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत ९७ औँ स्थानमा यथावत रहेको छ भने माल्दिभ्स एक स्थान तल झर्दै १५२औँ स्थानमा रहेको छ । त्यस्तै भूटान १८६ औँ, बङ्गलादेश १९२औँ, पाकिस्तान १९९ औँ र श्रीलङ्का २०१ औँ स्थानमा रहेका छन् । 

नयाँ बरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा क्रोएसिया र पाँचौ स्थानमा इङ्ग्ल्यान्ड, पोर्चुगल छैटौं, उरुग्वे सातौं, स्विजरल्याण्ड आठौँ, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ