एनएमबिलाई लगातार दोस्रो पटक बैंकिङ क्षेत्रको प्रतिष्ठित अवार्ड
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
525
Shares
काठमाडौं । एनएमवि बैंकले बैंकिङ क्षेत्रको प्रतिष्ठित बैंक अफ दि ईयर २०१८ को सम्मान पाएको छ । दि फाइनान्सियल टाईम्सले हरेक वर्ष विश्वका सबै देशका उत्कृष्ट बैंकहरुलार्इ दिने अवार्ड लगातार दोस्रो वर्ष एनएमबि बैंकले पाएको हो । विभिन्न परिसूचकहरुलार्इ आधार मानेर दिइने यो अवार्ड यस अघि सन् २०१७ मा पनि एनएमवि बैंकलाई नै दिईएको थियो ।
अवार्ड पाएपछि एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले एक विज्ञप्ती जारी गर्दै यो सबै निक्षेपकर्ता र सेवाग्राहीहरुको सहयोगको प्रतिफल रहेको जनाएका छन् । उनले संस्थागत सुशासनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता अनुरुप दिगो एवम् मूल्य मान्यतामा आधारित बैंकिंग सेवा प्रदान गर्न सफल भएका कारण बैंकले लगातार दोश्रो वर्ष पनि नेपालकै उत्कृष्ट बैंकको उपाधि जितेको बताएका छन् ।
उनले यो अवसरमा आगामी दिनमा मूल्य मान्यतामा आधारित दिगो बैंकिङ सेवा प्रदान गर्ने कार्ययोजनाअनुसार अगाडि बढ्ने र भविष्यमा अझ धेरै सम्मानहरु हासिल गरी सारा सरोकारवालाहरुलाई समेत उच्च प्रतिफल दिने घोषणा समेत गरेका छन् ।