arrow

श्रीलङ्कामा मन्त्रालयहरुको खर्च कटौती

logo
सिन्ह्वा,
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
sri-lanka-parliament1.jpg

कोलम्बो। श्रीलङ्काको संसदले मन्त्रालयहरुको खर्च कटौतीको प्रस्ताव शुक्रबार पारित गरेको छ। संसदका बहुसंख्यक सांसदले सो प्रस्तावको पक्षमा मतदान गरेपछि प्रस्ताव पारित भएको अधिकारीहरुले जनाएका छन्।

राष्ट्रपतिद्वारा मनोनित प्रधानमन्त्री महेन्दा राजापाक्षेको कार्यालयको खर्च कटौती गरेको भोलिपल्ट संसदले मन्त्रालयहरुको खर्च कटौती गरेको हो। संसदको यो निर्णयसँगै राजापाक्षे सरकारमाथि संसदको नियन्त्रण बढ्दै गएको छ भने सरकारलाई गाह्रो पर्ने देखिएको छ।

सांसदहरुले मुलुकको आर्थिक तथा राजनीतिक संकटलाई न्युनिकरण गर्ने उद्देश्यले प्रधानमन्त्री र मन्त्रीहरुको खर्च कटौती गरेको बताइएको छ। श्रीलङ्कामा विगत केही समयदेखि अनेक राजनीतिक उतारचढावसाथ र सङ्कट बढ्दै गइरहेको छ। खर्च घटाउनेसम्वन्धी प्रस्ताव जाथीका हेला उरुमायाका सांसद चम्पीका रणवाकाले गर्नु भएको समाचारमा जनाइएको छ।

सो पार्टी अपदस्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँग नजिक रहेको थियो। सो प्रस्तावमा संसदका कुल २२५ सांसदहरूमध्ये १२२ जना सांसदले मतदान गरेको समाचारमा जनाइएको छ। यसअघि हिजो प्रधानमन्त्रीको खर्च कटौतीको प्रस्तावमा १२३ जना सांसदले पक्षमा मतदान गरेको थियो। प्रधानमन्त्रीको खर्च कटौतीको प्रस्ताव अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घेको पार्टी युनाईटेड नेस्नल पार्टी (युपीएन)का सांसद रवि करुणानायकेले संसदमा प्रस्तुत गर्नु गरेका थिए। 

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्कालिन प्रधानमन्त्री विक्रमासिङ्घेलाई अपदस्त गरेर विपक्षी नेता महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि असन्तुष्टि संसदले प्रधानमन्त्रीलाई असहयोग हुने र नियन्त्रण गर्नेगरी यस्तो प्रस्ताव पारित गरेको हो। श्रीलङ्कमा अहिले संसद र अदालतले राष्ट्रपति र प्रधानमन्त्री असहमति जनाउदै आएका छन्। उनीहरुले राष्ट्रपतिको कदम गलत भएको र प्रधानमन्त्री पनि अवैध भएको दावी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ