arrow

बौलाए मौरिन्हो, ‘मेरो टिममा पागल कुकुरहरु भएनन्’

logo
प्रकाशित २०७५ मंसिर १६ आइतबार
mourinho3.jpg

काठमाडौं । इंगलिश फुटबल क्लव म्यान्चेस्टर युनाइटेडका म्यानेजर जोजे मौरिन्हो एक पटक फेरि बौलाएका छन् । शनिबार रातिको खेलमा म्यान्चेस्टर युनाइटेडले साउथह्याम्पटनसंग २–२ गोलको बराबरी खेलेपछि खेलाडीप्रति आक्रोशित मौरिन्होले आफ्नो टिममा पागल कुकुरहरु नभएको बताए । 

Jose Mourinho shows his frustration during Manchester United's 2-2 draw with Southampton

सुरुआती २० मिनेटमै लगातार २ गोल खाएपछि मौरिन्होको खेलाडीप्रति गर्ने व्यवहार फरक भएको थियो । घरेलु मैदानमा साउथह्याम्पटनका स्टुआर्ट आर्मस्ट्रङ र सेड्रिक सोअर्सले गोल गरे । 

३३ औं मिनेटमा रोमेलु लुकाकु र ३९ औं मिनेटमा एन्डर हेरेराले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई बराबरीमा ल्याए । 

Mourinho did applaud his players for 'showing respect for the shirt' to earn themselves a point

दोस्रो हाफमा थप गोल गर्न नसकेपछि मौरिन्होको टिम बराबरीमै रोकियो । बराबरीले चिन्तित मौरिन्होले खेलाडीहरुलाई अभद्र तरिकाले गाली गरे । खेलाडीहरुको क्षमताप्रति शंका गरे । खेलाडीहरुमा जितको कुनै भोक नभएको बताए । 

He moans to his assistants as he said his players didn't understand that 'simplicity is genius'

उनले जितका लागि टिममा पागल कुकुरहरु (म्याड डग्स) को अभाव रहेको बताए । उनले भनेका छन् – टिममा पागल कुकुरहरु भएनन् जसले बललाई टोक्न सकोस् । पछिल्लो समय टिमले राम्रो प्रदर्शन गर्न नसकिरहेका बेलामा मौरिन्होको जागिर चैट हुन सक्ने सम्भावना बढिरहेको छ । 

चौधौं चरणको समाप्तिसम्म म्यान्चेस्टर २२ अंकबाट सातौं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ